सुरुङ्गा जेसीजमा मेनुका बनिन् अध्यक्ष

0
76

सुरुङ्गा ।

सुरुङ्गा जेसीजको १७ औं पद हस्तान्तरण एवं उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सुरुङ्गा जेसीजको सभा हलमा एक भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष मेनुका शिवाकोटी उप्रेतीलाई वर्ष २०२५ का अध्यक्ष दीपेन्द्र प्रधानले आफ्नो गलाको जेसीज चेन हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका हुन् ।

नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष एवं मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.दिपक शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो कार्यसमितिलाई पूर्णता दिएकी थिइन् । कार्यकारिणी उपाध्यक्षद्वय खुश्बु पौडेल र पूर्ण नेवार, चारजना उपाध्यक्षहरू क्रमशः अर्बिड कडरिया, अनिल पोखरेल, विद्या खड्का र रोहित शिवाकोटी रहेका छन् ।

त्यस्तै जनसम्पर्क अधिकारीमा भीम राजवंशी सर्वसम्मत रूपमा चयन भएका छन् । अध्यक्षले मनोनित गरेका पदाधिकारीमा क्रमशः कानुनी सल्लाहकार टीकाराम भण्डारी (सुदिप), महासचिवमा जेनिस चम्लागाईँ र कोषाध्यक्षमा सरिता गुरागाईँ रहेका छन् । त्यस्तै तालिम संयोजकमा सुस्मिता बाँस्तोला, सचिवमा सोहन उप्रेती, सहकोषाध्यक्षमा सुजता सिटौला, जेसीज सप्ताह संयोजकमा ऋषवसिंह चाहार, वातावरण संयोजकमा डिल्ली रिजाल, खेलकुद संयोजकमा विमान लामा रहेका छन् ।

त्यस्तै सांस्कृतिक संयोजकमा समाली मैनाली, लागुऔषध सचेतना संयोजकमा विवेक शिवाकोटी, प्रकरण निर्देशकमा कृतिका पाण्डे, सञ्चार संयोजकमा मल्लिका चापागाईँ, महिला संयोजकमा सारिका गिरी, सङ्घसंस्था संयोजकमा प्रतापबाबु जमरकट्टेल, वृद्धि संयोजकमा मुक्ता कार्की, शिक्षा संयोजकमा सुजता अधिकारी र स्वास्थ्य संयोजकमा सफल अधिकारी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष उप्रेतीले अध्यक्ष सल्लाहकार समेत चयन गरेकी छन् । अध्यक्ष सल्लाहकारका रूपमा पुर्व अध्यक्षहरू सरला दाहाल पोखरेल (अध्यक्ष वर्ष २०१६), जविन तिम्सिना (अध्यक्ष वर्ष २०१७), कमल कट्टेल (अध्यक्ष वर्ष २०१९), यदुका उप्रेती (अध्यक्ष वर्ष २०२१) र सोमनाथ उप्रेती रहेका छन् । वर्ष २०२६ को कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष राजु पाठक संयोजक, पुर्व अध्यक्ष कुमारमणि पोखरेल र जेसीजका पुर्व सदस्य सोमनाथ उप्रेती रहेका थिए ।

झापाको कनकाई–३ सुरुङ्गामा जन्मिएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा.सुभाष फुयाललाई सो समारोहमा स्वास्थ्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै ‘उत्कृष्ट नागरिक सम्मान’ प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्व फुयालले सुरुङ्गाकै पशुपति अङ्ग्रेजी माविबाट विद्यालय स्तरको प्रारम्भिक शिक्षा हासिल गरेका थिए । गाउँमै सुरु भएको उनको शैक्षिक यात्रा पछि राजधानीसम्म विस्तार भयो ।

उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) बाट प्राप्त गर्दै उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा वरिष्ठ चिकित्सकका रूपमा स्थापित भए । प्रमुख अतिथि शाक्यले डा. फुयाललाई सो सम्मान प्रदान गरेका थिए । उत्कृष्ट नागरिक सम्मान कार्यक्रमकी संयोजक यदुका उप्रेती साथै सदस्यहरु सरला दहाल पोखरेल र शिवकुमार कडेल रहेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व सांसद एलपी साँवा लिम्बू, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष एलपी उप्रेती लगायतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रम संयोजक वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष डिल्ली रिजालले स्वागत गरेको कार्यक्रममा वर्ष २०२५ का महासचिव पूर्ण नेवारले पहिलो सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने दोस्रो सत्रको कार्यक्रमको सञ्चालन वर्ष २०२६ का महासचिव जेनिस चम्लागाईँले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here