कमल ।

निर्माणाधिन एशिन हाईवेयको विषयलाई लिएर झापाको कमल गाउँपालिका ३ केर्खा पुर्व सका स्थानियले सर्घष समिति बनाएर आन्दोलन शुरु गरेका छन् ।
राजमार्ग निर्माणका क्रममा केर्खा बजार पश्चिम तर्फ बस स्टण्ड, सर्भिसलेन र फुटपाथ राखिएको तर बजार पुर्व तर्फ वस स्टेण्ड लगायत कुनै पनि व्यवस्था नभएकोले वृस्तृत लागत परियोजना ( डिपिआर) सच्याएर भएपनि सो ठाउँमा सर्भिसलेन र फुटपाथ राखिनु पर्ने स्थानियको माग रहेको छ ।
राजमार्ग निर्माणका क्रममा केर्खा बजार देखी पाँच सय मिटर पुर्व तर्फ बजार विस्तारको क्रममा रहेको र सो ठाउँमा बस स्टण्ड, सर्भिसलेन र फुटपाथकालागी पटक पटक सडक डिभिजन कार्यलायमा जादा पनि कुनै सुनवाई नभएपछि संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेको समितिका संयोजक धनराज गिरीले बताउनुभयो ।
केर्खा बजार पुर्व बजार विस्तार हुनेक्रममा छ । यस क्षेत्रमा सामुदायिक तथा संस्थागत विध्यालय समेत रहेकोले विध्यार्थि र सर्वसाधारणलाई आवत जावतकालागी समेत सर्भिसलेन र फुटपाथ निर्माण गर्नु पर्ने स्थानिय राम बुढाथोकीले बताउनुभयो ।
कमल गाउँपालिकाले केर्खा खोला सम्मको क्षेत्रलाई बजार क्षेत्र घोषणा गरेपनि पछिल्लो समय स्मल टोल क्षेत्रलाई बेवस्ता गर्दै कुनै पनि कार्यक्रम नभएको मा पछिल्लो पटक राजमार्ग निर्माणका क्रममा समेत आफुहरु मार्कामा परेको स्थानिय कमल शिवाकोटी बताउनुहुन्छ ।






























