बालेन्द्र शाह जनकपुरधाममा

0
14

जनकपुरधाम।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुरधाम पुगेका छन् ।

आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम पुगेका हुन् । विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। भीडले विमानस्थलको सिसासमेत फुटाएको थियो।

सोमबार जनकपुरधाम स्थित तिरहुतिया गाछिमा आयोजित कार्यक्रममा सहभागी हुन बालेन जनकपुरधाम आएका हुन् । जनकपुरधामको कर्यक्रम पश्चात् सिरहाको लहानमा आयोजित कार्यक्रममा सहभागी हुँदै झापा जाने कार्यक्रम रहेको छ।

बालेन प्रति नागरिको आशा र भरोसा धेरै रहेको भन्दै मधेश प्रदेशमा उनलाई हेर्नेको भीड नै लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here