देश र मधेसको विकासका लागि रास्वपालाई भोट दिनुहोस–बालेन्द्र शाह

0
15

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीको उम्मेदवार घोषित बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचना बलियो बनाउनुपर्ने बताएका छन् ।

संघीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने भन्दै उनले वीरगन्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने बताए ।

रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा शाहले प्रदेश संरचना बलियो बनाउनुपर्ने बताएका हुन् । उनले रास्वपालाई संघीयताप्रतिको धारणा के हो भनेर काठमाडौंमा सोधिने गरेको बताए ।

प्रदेश संरचना बलियो बनाएर काठमाडौंमा अधिकार माग्न जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने शाहको भनाइ थियो । काठमाडौं अधिकार माग्न हैन, पशुपति र स्वयम्भुनाथ घुम्न जाने हो । –शाहले भने । देश र मधेसको विकासका लागि रास्वपालाई भोट दिनुपर्ने शाहको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here