
नेपाल सांस्कृतिक रुपमा समृद्ध देश हो । यहाँ अनेकन सुन्दर मौलिक संस्कृतिहरु विद्यमान छन् । जसले नेपाललाई विश्वमा विशिष्ठ किसिमले चिनाएका छन् । हाम्रो संस्कृतिहरु अवलोकन गर्न विश्वका थुप्रै देशबाट वर्षेनि लाखौं पर्यटकहरु आउने गर्दछन् । आफ्नै परम्परा, चलन र संस्कारहरुले परापूर्वकालदेखि सांस्कृतिक रुपमा विश्वको केन्द्र रुपमा नेपाललाई उभ्याएको छ ।
यस वर्षको ‘सोनाम ल्होछार’ माघ ५ गते परेको छ । यस वर्षको ल्होछार २८६२औं संस्करणको रुपमा सा पुख्री (सर्प) वर्षलाई विदा गरी ता (अग्नि घोडा) वर्षलाई स्वागत गर्दैै मनाइँदैछ । ल्होछारको ल्हो भनेको (वर्ग, वर्ष) अनि क्षार (नयाँ) नयाँ वर्ष हो । विभिन्न बाह्र पशु–पंक्षीहरुको नामबाट १२ वटा ल्होको नाम रहेका छन् । ल्होछार चाड बौद्धमार्गीहरुले प्रमुख चाडको रुपमा मनाउँदछन् । प्रचलित तीन– ‘तमु’, ‘सोनाम’ तथा ‘ग्याल्पो’ ल्होछारहरु मध्ये ‘तमु’ ल्होछार गुरुङहरुले, ‘ग्याल्पो’ ल्होछार शेर्पाहरुले र ‘सोनाम’ ल्होछार तामाङ र ह्योल्मोहरुले मनाउँदछन् । ‘सोनाम’को अर्थ पूण्य सम्वत् हो ।
भगवान बुद्धले आपूm महापरिनिर्वाण हुनु अगावै समस्त मानव तथा जीवजन्तुलाई परिनिर्वाण हुँदैछु भनी जानकारी गराउने सिलसिलामा निम्त्याइएका मध्ये बुद्ध कहाँ १२ पशुपंक्षीहरु पुगेका थिए । अनि बुद्धले तिनै १२ पशुपंक्षीको सम्मानमा १२ ल्होको परपम्रा बसाएका थिए । ल्हो र अर्थ ः नाम्यु्रङ वा ङयाम्ङयु (मुसा), ग्लाप (गोरु), च्यान् (बाघ), तावर (खरायो÷बिरालो), मुपुख्री वा डुव (गडुल÷ड्रागन), सा पुख्री वा डुल (सर्प), ता (घोडा), ग्यु (भेडा), माकर वा म्हाङ वा तिमङयु (बाँदर), नामे वा ज्या (चरा), नगी वा नागी (कुकुर) र तिली वा पुण्डी वा ङ्वा (बँदेल÷सुँगुर) । एक जीव = एक वर्ष, वर्ग ।
सांस्कृतिक महान् पर्व ल्होछार (नयाँ वर्ष)को तामाङ र ह्योल्मो जातिमा सामाजिक, सांस्कृतिक एवम् धार्मिक पक्षमा विशिष्ठ स्थान र महŒवपूर्ण भूमिका रहेको छ । जसले तत् जातिको सभ्यता, संस्कृति, अस्तित्व र अन्य समुदायबीचको सद्भावलाई प्रतिविम्वित गर्दछ । सोनाम ल्होछार वर्षेनि माघ शुक्लपक्ष प्रतिपदाका दिन पर्दछ । यही दिनदेखि चीनमा पनि चिनिया चन्द्र वर्षको चन्द्र महिनाको पहिलो दिन अर्थात् चिनिया चन्द्र नयाँ वर्ष आरम्भ हुन्छ । यो, विश्वभर प्रचलित पाँचतत्वहरुको संयोजन रहेको १२ वटा जीवजन्तु र पंक्षीहरुको नाममा आधारित ल्होखोर्लो (वर्ष चक्र) परम्परा जो चन्द्रपात्रो परम्परामा आधारित छ । ल्होछार पर्व मनाउने तरिका भूगोल, वस्तु–उत्पादन तथा उपलब्धता, तत् देशको बजार प्रणाली, अर्थतन्त्र र सांस्कृतिक प्रचलन आदिका कारणले भिन्नभिन्न पनि हुन सक्छन् ।
पर्वको तयारी ः यो चाडको उपलक्ष्यमा अर्थात् नयाँ वर्षको स्वागतको लागि महिनादिन अघिदेखि नै तयारी शुरु गरिन्छ । पुरानो वर्षको १२औं महिनाको अन्तिम दिनहरुमा गाउँ–टोल, बाटोघाटो, चौतारा, आगन, पानी पँधेरो, गोठ आदि मर्मत, सफासुघ्घर–लिपपोत गरिन्छ । भोजनका आवश्यक सामलतामल, अन्नपात, फलपूmल र पुजाका लागि सामानहरुको जोहो र तयारी गरिन्छ । आगामी वर्ष राम्रो खेतीपाती (पेशा) होस् भनि ल्होछार पर्वमा कुलदेवता, देवी–देवता थानमा प्रार्थनार्थ अन्नका बीउबीजन पानीमा भिजाई टुसाउने (जमरा) पारिन्छ । पुरानो वर्षको अन्तिम दिन गुम्बामा बत्ति बालिन्छ । खराब वा मार वा प्रेतात्मा वा अपसकुन हटाउनका लागि पूजा–प्रार्थना गरिन्छ । लामाहरुले मारमाथि सत्यको विजय भएको मुकुण्डो नाच पनि प्रदर्शन गर्दछन् ।
ल्होछारको दिनः ल्होक्षार चाडको चलन अनुसार नयाँ वर्ष प्रारम्भको दिन– छो (विभिन्न फलपूmल सहितका पूजाका सामग्री) प्रसाद चढाइन्छ । ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सवेरै नुहाएर आप्mनो घरमा भएको लाखाङ (पूजाकोठा)मा वा छ्योजीखाङ र सो नभए भगवान गौतम बुद्धको कु (मुर्ति÷प्रतिमा) वा तस्वीर राखिन्छ । साथै चोखो पानी, साङ–छेमार वा फेमार (मकै, गहुँ, जौको पीठोहरुको मिश्रण), दुइचे–ङारसुम (चिनी, सख्खर र मह), कारसुम– दूध, दही र नौनीको मिश्रण, सेरसाङ (फलाम, तामा, सुनचाँदी पखालेको पानी) राखिन्छ । अनि छो (फलपूmलहरु, कन्दमुल–आलु/भ्याकुर/तरुल, खाप्से, गेङ (रोटी), बाबर आदि) पकवानहरु राखेर साङसेरग्याम (देवीदेउतालाई पूजा) गरिन्छ । भगवान तथा पुर्खाहरु प्रति धन्यवाद ज्ञापन गर्ने र पारिवारिक रुपमा पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य–समृद्धीको लागि आशिर्वाद मागिन्छ । पूजामा चढाएको ‘छो’ ले पाहुनाहरुलाई नयाँ वर्षको सगुन तथा प्रसादको रुपमा स्वागत गरिन्छ ।
दाज्र्यु (मन्त्रहरु लेखिएका कपडा नयाँ बाँसमा अड्याइ बाँस जमिनमा गाडि ठड्याउने) नयाँ ल्हो को आगमन (ल्होछार) स्वरुप उठाइन्छ । नयाँ ल्होको आगमनले समस्त जगत्कै प्राणीहरुको रक्षा एवम् कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतिकको रुपमा घर–आगन तथा गाउँ आसपासका डाँडा, चोक, गुम्बा, मठ–मन्दिरहरुमा दाज्र्यु (लुङ्दर) ठड्याइन्छ, फहराइन्छ ।
तामाङहरुले आप्mनो ल्हो अनुसार ची (पात्रो) हेराई भने अनुसारको दाज्र्यु पनि राख्न सकिन्छ । लामा नभएमा पाँच रङगको दाज्र्यु डठ्याए हुन्छ । यी सबै उपलब्ध नभएमा आकाशे रंगको दाज्र्यु राख्नु राम्रो हुन्छ । यति पनि नभ्याएको खण्डमा, बसन्त पञ्चमीको दिन बिहान सबेरै दाज्र्यु ठड्याउनु राम्रो हुने विश्वास छ । सुख, शान्ति, निरोगिता र दीर्घायूको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनीघ्यू तथा कोकोम्हेन्दो (टोटलाको पूmल)को टीका र खादा आशीर्वाद स्वरुप प्रदान गरिन्छ । उमेरमा सानाले ठूलालाई पनि खादा चढाई वा उपहार दिई सुख–शान्तिको कामना गरिन्छ । आपूmले मान्नुपर्ने व्यक्तिहरुका आशीर्वाद लिन जाने र आपूmकहाँ आउने पाहुनाहरुलाई स्वागत गरिन्छ ।
ल्होछार समापनः ल्होछार उत्सवलाई हर्षोल्लासपूर्वक सम्पन्न गर्न मान्यजन, नातागोता, कुल कुटुम्ब, इष्टमित्र लगायत सबैलाई भेटघाट गरी खादा सहित आशिर्वाद, शुभकामना आदान–प्रदान गर्नुका साथै आलोपालो गरी आफन्त कहाँ जाने, चेलिबेटी बोलाउने र गच्छे अनुसार भोजन गर्ने गराउने गरिन्छ । आउँदो वर्षभरीको अन्नबाली सप्रोस भनी भूमी पूजा र सबै काम सफल होस् भनी मंगल पूजा, प्रीतिभोज तथा साँस्कृतिक कार्यक्रम आदि समेतको आयोजना गरी मैत्री एवम् भावानात्मक रुपमा हर्षोल्लास पूर्ण वातावरणमा सोनाम ल्होछार मनाइन्छ ।
ल्होछार पर्वको खाद्य परिकारहरुः दुची (दुइचे)ः ङारसुम (गुलिया तीन) चिनी, सखर, मह । कारसुम (सेतो तीन) दूध, दही, नौनीघिउ । सेरसाङ (पवित्र रत्न) फलाम, तामा, सुन र चाँदी पखालेको पानी । यी चिज मिसाई दुची (तरल) बनाइन्छ । छेमार (फेम्बेर÷फेमार)ः दुची आधा भाग चाहिँ (दुचीकै रुपमा प्रयोग गर्न राख्ने र आधा दुचीमा मकै, गहुँ वा चामल कुनै एकको सातुमा मिलाइ बनाएको खाद्य पदार्थ छेमार बनाइन्छ ।
खाप्सेः गहुँ, जौ, चामल वा त्यस्तै अन्नको पीठोलाई चिनी र घ्यू सँग मोली मुछिएको पीठोलाई विभिन्न आकृतिमा काटेर घ्यूमा पकाइन्छ (तारिन्छ) ।
बालडुः सकेसम्म तीते फापर तथा फापर वा सेतो कोदोको पीठोबाट विभिन्न आकृतिमा पानीमा पकाइन्छ (उमालिनु, उसिन्नु) ।
आलुमः गहुँ वा कोदोको पानी रोटी ।
बाबरः कुल पूजामा चढाउँने सादा बाबरहरु ।
कन्दमूलः तरुल, भ्याकुरहरु र विशेष बनतरुल, फलपूmल ।
गु–थुकः नौ थोक मिलाएर बनाएको खाना (गुथुग, गुथुग्पा पनि भनिन्छ) तयार पारिन्छ । गु–थुकसँगै भाग्य चिन्ने शुभ चिन्ह वा प्राणीहरुको संकेतहरु राखेको स्वस्थकर, पौष्टिक मिष्ठान वा खाद्यान्न राखिन्छ ।
आऔं हामी सबै नेपाली समुदाय मिली ल्होछार मनाऔं र एकापसमा भाइचारा, सद्भाव तथा शान्तिको सन्देश पैmलाऔं ।



























