ग्यासको हाहाकार हटाउने उपाय

0
449

Untitled-1 copy

२०७२ वैशाख १२ गतेको महाभूकम्पले गर्दा हाम्रो देशले जुन विपत्ति भोग्नुप¥यो, यस्तो जनधनको क्षति सायद पहिले कहिल्यै भोग्नुपरेको थिएन । यस लेखमा खासगरी वैशाख १२ गतेको प्राकृतिक विपत्तिबाट क्षति भई नयाँ बन्ने घरहरू र खासगरी ती नयाँ घरका शौचालयहरूको निर्माणबारे चर्चा गर्न चाहन्छु ।
धेरैतिरबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माणबारे प्रस्तावहरू आइरहेको कुरा विभिन्न सञ्चारमाध्यमबाट प्राप्त भइरहेका छन् । कुनै उद्योगपतिबाट एक हजार नयाँ घर निर्माण गरिदिने, कुनै आईएनजीओबाट दुई हजार घर निर्माण गरिदिने वा कुनै दाता राष्ट्रहरूबाटै एक लाख घर निर्माण गरिदिने आदि, इत्यादि । अनि यस्तैगरी हाम्रो देशमै कार्यरत विभिन्न संघ–संस्थाहरूले पनि पुनर्निर्माणमा भाग लिने कुरा आइरहेका छन् ।
यसै सन्दर्भमा विपत्तिलाई वरदानमा बदल्न सकिन्छ भन्ने अठोटका साथ विगत १२ वर्षदेखि झापा जिल्लाको बिर्तामोडमा कार्यालय स्थापना गरी विभिन्न प्रकारका सामाजिक गतिविधिका साथै स्थानीय स्तरका विकास निर्माणमा सहयोग र पहुँच पु¥याउँदै आएको आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रले एउटा सोच बनाई राष्ट्रिय पुनर्निर्माणमा भाग लिने अवसरको खोजीमा रहेको छ ।
पाँच लाख घर पूर्ण क्षति भई पुनर्निर्माण गर्नुपर्ने विषय नै यस संस्थाको चासोको विषय बनेको छ । ती नयाँ बन्ने घरहरूमा शौचालयको निर्माण यस संस्थाको मुख्य चासोको विषय बनेको छ । जुन शौचालयको निर्माणले व्यक्तिदेखि विश्वलाई नै फाइदा पुगोस् भनी मुख्य नारा तय गरी झापामा यस संस्थाको अगुवाइमा ५०० वटाभन्दा बढी घर, स्कूल, कलेज, होटल, अस्पताल, सार्वजनिक शौचालय आदि ठाउँमा वैकल्पिक ऊर्जा प्राप्त गर्न सकिने खालको वातावरणमैत्री शौचालयको निर्माण गरी दशौं वर्षदेखि प्रयोगमा आई सफलता प्राप्त गरी सम्बन्धित व्यक्ति तथा संस्थाहरूले लाभ हासिल गरेका छन् ।
नेपालमा संस्थागत रूपले यस प्रकारको मानव मलमूत्रद्वारा वैकल्पिक ऊर्जा प्राप्त गर्न सकिने तथा वातावरणमैत्री शौचालय बनाउन सामाजिक अभियानको रूपमा परिचालन गर्ने, गराउने पहिलो संस्था आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोड, झापा हो भन्दा अत्युक्ति नहोला ।
संसारको कुनै पनि राम्रो सहरको परिचय वा मूल्यांकन गर्दा त्यस सहरमा उपलब्ध सार्वजनिक शौचालयको सुविधालाई पनि एउटा मापदण्ड वा कडीका रूपमा लिइन्छ । त्यसरी नै कुनै मानिस कति सभ्य छ भन्ने कुरा उसको घरमा चर्पीको व्यवस्थापनले पनि आँकलन गर्ने गरिन्छ । हामीले परिकल्पना गरी व्यवहारमा ल्याएको यस वातावरणमैत्री शौचालयबाट ऊर्जासमेत प्राप्त गर्न सकिनेछ ।
साथै मानव मलमूत्रद्वारा तयार गरिने वैकल्पिक ऊर्जाको फाइदाबारे निम्न बुँदामा व्यक्त गर्न सकिन्छ । यस प्रविधिद्वारा निर्माण गरिएको शौचालय सेफ्टी ट्यांकवाला शौचालयभन्दा ५० प्रतिशत सस्तो हुन्छ । वातावरणमैत्री साथै स्वस्थकर हुन्छ । वैकल्पिक ऊर्जा प्राप्त गर्न सकिन्छ । ऊर्जा प्राप्त गर्न थालेको २ वर्षमा लगानी बराबरको ऊर्जा प्राप्त हुन्छ । घरभित्रै गर्न सकिने हुँदा ठाउँको बचत हुन्छ ।
शौचालयबाट निस्किएको ढल नगन्हाउने हुँदा गाउँ, छरछिमेकमा समेत प्रदुषण हुँदैन । कार्बन विस्थापन गरेबापत राष्ट्रले यथेस्ट फाइदा प्राप्त गर्छ । यसको आयु एउटा आरसीसी घरको आयु बराबर हुन्छ । यस शौचालयलाई कहिल्यै सफाइ गर्ने मजदुर (मेहत्तर) को आवश्यकता पर्दैन । यो प्रविधिद्वारा (मानव मलमूत्रद्वारा) निर्माण गरिएको शौचालयबाट ९८ प्रतिशत मिथेन लगायत विभिन्न प्रकारका ग्यास प्राप्त हुन्छ । तर यस्तै प्रविधिबाट बनाइएको चौपायाको मलमूत्रबाट भने १० प्रतिशतमात्र मिथेन ग्यास बाँकी अरू सेलुलाइज र अनडाइजेष्टेबल फुड प्राप्त हुन्छ ।
वैकल्पिक ऊर्जा भन्नाले खाना पकाउन, ग्यास गिजरद्वारा पानी तताउन वा बत्ती बाल्न सकिने ऊर्जा प्राप्त गर्न सकिन्छ । यस प्रविधिको शौचालयको व्यापक प्रयोगले वनजंगलको संरक्षण भई पर्यावरण सन्तुलनमा सकारात्मक योगदान पुग्छ । यस शौचालयबाट प्राप्त ऊर्जाको कारणले एलपीजी ग्यासको आयातमा कटौती भई वैदेशिक मुद्राको बचत हुने हुनाले राष्ट्रलाई फाइदा पुग्नेछ ।
यस प्रविधिद्वारा निर्माण गरिएको पाँच लाख घरको शौचालयबाट नयाँ नेपालको निर्माणमा विशेष प्रकारको आर्थिक योगदान हुनेछ । यस प्रविधिद्वारा निर्माण गरिएको शौचालय न्यूनतम १२ डिग्री सेन्टिग्रेड र अधिकतम् ४५ डिग्री सेन्टिग्रेड तापक्रम भएको ठाउँमा बनाउन सकिने र मिथेन ग्यास प्राप्त गर्न सकिने हुनाले नेपालको सम्पूर्ण भूभागमा प्रयोग गर्न सकिन्छ ।
यस प्रविधिद्वारा निर्माण गरिएको शौचालय बनाउन गोबर ग्यास प्लान्ट बनाउने कुनै पनि प्राविधिकले एक दिनको प्रशिक्षण पाएपछि बनाउन सक्छन् । त्यसकारण प्राविधिकको खाँचो हुँदैन । यस प्रविधिद्वारा निर्माण गरिएको शौचालयको ग्यास प्लान्टको डुम २, ४, ६, ८, १०, २० र ३० घनसम्मको आवश्यकता अनुसार बनाउन सकिन्छ ।
एउटा सेफ्टी ट्यांकवाला चर्पी बनाउँदा कम्तीमा रु.८०,००० (असी हजार) खर्च लाग्छ । तर यस प्रविधिद्वारा बनाउँदा रु.४०,००० (चालिस हजार) मा दुई घनको डुम तयार भई सम्पूर्ण प्लान्ट बन्छ । जसमा दिनमा ५० जनासम्मले दिसा–पिसाब गर्न सक्छन् । यसरी एउटा घरबाट रु. ४०,००० (चालिस हजार) बचत गर्न सकिन्छ ।
यसरी पाँच लाख घरबाट रु. २० अर्बको बचत हुने देखिन्छ । अनि उक्त पाँच लाख घरबाट कार्बन विसर्जन गरेबापत प्रत्येक वर्ष हाम्रो देशले यथेष्ट रकम पाउने कुरा पनि छँदैछ । साथै यस कार्यले विश्वमै कार्बन विस्थापन गर्ने अग्रणी मुलुकभित्र हाम्रो देश पर्नेछ । यसरी राष्ट्रिय विपत्तिलाई वरदानमा बदल्ने हाम्रो यस संस्थाको सोचलाई पूर्णता दिई राष्ट्रिय पुनर्निर्माणमा भाग लिन पाएमा हामी अझ जिम्मेवारीसाथ बढ्ने थियौं ।
अब राष्ट्रले हामीलाई के दिन्छ होइन, अब राष्ट्रलाई हामीले के दिन सक्छौं भन्ने हाम्रो अठोट रहेको छ । अन्त्यमा मानव मलमूत्रलाई वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गर्ने यस उत्तम विधिलाई नेपाल सरकारले आफ्ना सम्बन्धित निकायद्वारा अनिवार्य रूपमा प्रयोग गर्नेरगराउने विधि अपनाओस् भन्ने हाम्रो चाहना छ ।
(मैनाली आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र, विर्तामोड झापाको न्यायिक, आर्थिक र सामाजिक समितिका संयोजक हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here