शहीद रत्नकुमार मार्गमा कालोपत्रे निर्माण कार्य शुरु

0
19

पथरी शनिश्चरे ।

पथरी शनिश्चरे नगरपालिका– २ को शहीद रत्नकुमार मार्गमा कालोपत्रे निर्माण कार्य शुरु भएको छ ।

बोक्रेचौक पूर्वबाट कालापानीसम्मको खण्डमा कालोपत्रे निर्माण शुरु गरिएको हो । वडा नम्बर–२ का वडाध्यक्ष नैना राई र सदस्य चन्द्रकुमार राई (सिके)को उपस्थितिमा केचना युथ कन्स्ट्रक्सनले औपचारिक रूपमा निर्माण कार्यको सुरुवात गरेको हो ।

शहीद रत्नकुमार मार्गको क्रमागत योजना अन्तर्गत संघीय सरकार र स्थानीय पालिकाको संयुक्त बजेटबाट सडक कालोपत्रे निर्माण अघि बढाइएको जनाइएको छ ।

कोशी प्रदेश समपूरक अनुदान पूँजीगत र नेपाल सरकार समानिकरण अनुदान म्याचिङबाट कूल एक करोड ३३ लाख ३२ हजार ९ सय १६ रुपैयाँ लागतमा सडक कालोपत्रे निर्माण शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here