विराटनगर,

सुनसरी, उदयपुर र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ ११ गते सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान-१७ का निर बहादुर दर्जी र किरण मगरलाई लागुऔषध ब्राउन सुगर १८० मिलिग्राम, प्रतिबन्धित औषधी ११९ पिस सहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-१९ का अविनाश चौधरीलाई ४३० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लालपत्ताले बा. ९५ प ६२९१ नम्बरको मोटरसाईकल चालक त्रियुगा-११ का सविन राईलाई १५० एम्पुल प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी धनकुटाको सहिदभुमी-५ का रोहन राईलाई १३ किलो ४०० ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।































