पाठेघर क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रममा सयभन्दा बढीले सेवा लिए

0
3

झापा, रोटर्याक्ट क्लब अफ बिर्तामोडको आयोजनामा झापा  गाउँपालिकास्थित नगर अस्पतालमा सोमबार ‘पाठेघर क्यान्सर सचेतना तथा स्क्रिनिङ कार्यक्रम’ सम्पन्न भएको छ ।

कार्यक्रममा सयभन्दा बढी महिलाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् । पाठेघर क्यान्सरको प्रारम्भिक पहिचान र रोकथामका उपायबारे जानकारी दिँदै गरिएको स्क्रिनिङ कार्यक्रममा डा। सुरुची महतो, डा। शर्मिला रानपाललगायतको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो ।

बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा महिलाहरूको नियमित स्वास्थ्य जाँचसँगै पाठेघर क्यान्सरका लक्षण, जोखिम र समयमै परीक्षणको महत्वबारे सचेतना दिइएको थियो । आयोजकका अनुसार ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रम रोटर्याक्ट क्लब अफ बिर्तामोडको संयोजनमा सम्पन्न भएको हो भने हिमालयन एरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक साझेदारको रूपमा सहयोग गरेको थियो । पुर्वाञ्चल क्यान्सर अस्पतालले प्राविधिक तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ ।

रोटर्याक्ट क्लबले यस्ता स्वास्थ्य सचेतना कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने रोटर्याक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष सुशील थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here