अन्तरपालिका यु–१८ फुटबल प्रतियोगितामा मेचीनगर विजयी

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकामा जारी अन्तरपालिका यु–१८ नकआउट फुटबल प्रतियोगिता–२०८२को बुधबार सम्पन्न खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा अर्जुनधारा नगरपालिकालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै मेचीनगर विजयी भएको हो । निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

विजयी टिम मेचीनगरका गोलरक्षक येक्तेन लिम्बू खेलको उत्कृष्ट खेलाडी भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि निर्माण व्यवसायी मिलन बस्नेत, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”लगायतले नगद पुरस्कार दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरेका थिए । उक्त पुरस्कार बिर्तामोडस्थित सुप्रीम सप्लायर्सले सौजन्य गरेको हो ।

आयोजक शनिश्चरे फुटबल क्लबका सल्लाहकार एवम् खेल संयोजक टेकराज तिलिङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बस्नेत र सौजन्यकर्ता सुप्रीम सप्लायर्सका सञ्चालक प्रकाश बाँस्तोलालाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय दीपक ढुंगाना र बिमला प्रधानले गरेका थिए ।

प्रतियोगिताअन्र्तगत क्वाटर फाइनलको अन्तिम खेल भोलि(बिहीबार) दिँउसो २ः३० बजे कनकाई नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुने आयोजक क्लबका सचिव हरि गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here