बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको सुवेदी एण्ड एसोशिएट कन्सल्टेन्सीले बिहीबार फिनल्याण्डका विश्विविद्यालयका बारेमा विदार्थीहरुलाई जानकारी दिनेभएको छ ।
सुवेदी एण्ड एसोशिएट कन्सल्टेन्सीका प्रमुख रोशन सुवेदीले विद्यार्थीहरुले प्रत्यक्ष रुपमा फिनल्याण्डका विश्वविद्यालयका बारेमा बुझन सकने बताए ।
उनले भने– बिहीबार बिहान १० बजेबाट १२ बजेसम्म युनिभर्सिटी अफ भाषका दक्षिण एसिया रिजनल एडभाईजर बिर्जु पट्टेलले विद्यार्थीहरुलाई जानकारी गराउने भएकाले मौकाको फाइदा लिन आग्रह गरे ।
उनले फिनल्यान्ड नेपाली विद्यार्थीका लागि लोकप्रिय गन्तव्य बनेको बताए । फिनल्याण्डको शैक्षिक अवस्था, विद्यार्थीले अप्नाउनुपर्ने प्रक्रिया, शैक्षिक योग्यता, भिसा प्रक्रियामा आवश्यक पर्ने शैक्षिक प्रमाण पत्र लगायतका विषयमा पट्टेलले जानकारी दिने बताइएको छ ।































