हाइपोथर्मियाः मौसमको एक जटिलता

0
866

Untitled-1 copy

चिसो मौसमको शुरुवात भएको छ र यो मौसम अनुुसार तापक्रम घट्ने क्रम बढ्दो अवस्थामा छ । यदा–कदा तराईका जिल्लाहरुमा अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको खबर गतवर्षहरुझैँ आउन थालेका छन् । यो चिसोको कारण हुने सबै विषयवस्तु तथा पक्षहरुमा सबैलाई पूर्ण ज्ञान नहुन सक्छ भने कतिपय अवस्थामा थाह पाइरहँदा पनि सामान्य जस्तो लाग्ने कुराले अप्ठ्यारो र अप्रिय समस्या तथा घटना निम्त्याउन सक्दछ । ठण्डा मौसममा गर्मी महिनामा हुने सुखद् अनुभूतिको कल्पना गर्नु र गर्मीमा जाडोको आनन्दको इच्छा गर्नु मानवीय स्वभाव नै हो । जुन सहजैपूर्ति हुन सक्दैन । सबै मौसममा आ–आफ्नो अप्ठ्यारोपन र असजिलोपन अनि कष्टकर अवयवहरु हुने गर्दछन् । यस्तैमा चिसो मौसमको शुरुवातसँगै नवजात शिशु तथा बालबालिकहरुमा रुघा, खोकी, टन्सिल, छाला सुख्खा हुने तथा निमोनिया जस्ता समस्याहरु देखा पर्दछन् भने वयस्क तथा बृद्धबृद्धाहरुमा पिनाश, उच्च रक्तचाप, बाथ, दम तथा हाडजोर्नीका समस्याहरुले पिरोल्ने गर्दछ । यस्ता चिसो मौसममा आइपर्ने समस्याहरु मध्ये शरीरको तापक्रमसँग सम्बन्ध राख्ने र चिसोको संसर्गबाट हुने हाइपोथर्मिया पनि एक हो ।
के हो हाइपोथर्मिया ?
मानव शरीरको तापक्रम सामान्य रुपमा ९८ डिग्री फरेन्हाइट (३८ डिग्री सेल्सियस) हुने गर्दछ । जीव विज्ञानमा तातो रगत भएको वर्गमा पर्ने मानव शरीर तातो रहिरहने आफ्नै स्वचालित प्रकृया रहन्छ । शरीरका महत्वपूर्ण भित्रि अंगहरु मुटु, कलेजो तथा मृगौलाले मस्तिष्कको निर्देशनमा आफ्नो दैनिक कृयाकलाप सँगसँगै ताप पनि उत्पन्न गरिरहन्छ भने छाला तथा बाहिरी संरचनाले त्यसलाई कायम, नियन्त्रण र निरन्तरता प्रदान गर्ने र खर्च गर्ने या नाश गर्ने गर्दछ । हाम्रो शरीरभित्र उत्पादित ताप करिब ९० प्रतिशत छालाको माध्यमबाट चिसो हावा वा खुल्ला वातावरणमा खर्च हुने गर्दछ भने यदि हाम्रो शरीर वा छाला चिसो पानीसँग सिँधै सम्पर्क हुन्छ भने ताप खर्च हुने क्रम हावामा भन्दा २५ गुणा बढी हुने गर्दछ । यसरी हेर्दा यो सन्तुलित रुपमा चल्ने प्रक्रियामा विचलन आएमा शरीरले ताप उत्पादन गर्ने क्षमता भन्दा खर्च गर्ने या नाश हुने क्रम बढी हुन गई सन्तुलन बिग्रिएर शरीरको तापक्रममा अप्रत्यासित रुपमा गिरावट आई स्नायु प्रणाली, रक्तसञ्चार र श्वासप्रश्वास प्रणालीमा समस्या देखा पर्दछ । यहाँ शरीरको तापक्रम ९५ डिग्री फरेन्हाइट (३५ डिग्री सेल्सियस) भन्दा कम भई मुटु, फोक्सो तथा स्नायु प्रणालीले सामान्य तवरबाट काम गर्न सक्दैन भन्ने यस अवस्थालाई हाइपोथर्मिया भनिन्छ । हाSHet copyमीले सञ्चारमाध्यमबाट थाहा पाएका कठ्याङ्ग्रिएर मृत्यु भएका समाचारहरु पनि प्रायः हाइपोथर्मियाकै उपज हुन् ।
के हुन सक्छन् यसको कारण ?

विशेष गरेर जाडो मौसममा धेरै समयसम्म पातलो कपडा प्रयोग गरेर बाहिरी वातावरणको सम्कर्पमा आउनु या रहनु यसको प्रमुख कारण हो । यस्तै लुगा धुँदा, भाडा माझँ्दा, खेतबारीमा काम गर्दा, नुहाउँदा चिसो मौसमको ख्याल नगरी चिसो पानीको लामो समयसम्म प्रयोग गर्नु तथा नवजात शिशु, बालबालिका र बृद्धबृद्धाहरुलाई चिसोमा हुने असरहरुको बारेमा तथा वातावरणीय पक्षहरुको बारेमा ख्याल नहुनु दोस्रो कारणहरुमा पर्दछन् । यसरी नै हाइपोथर्मियाका अन्य कारणहरुमा गरिबी तथा अभाव, अज्ञानता या शिक्षाको कमी पनि पर्न आउँदछ । कतिपय अवस्थामा विभिन्न रोगहरु जस्तै चिनीरोग, थाइरायोड (ज्थउभचतजथचयमष्कm, ज्थउयतजथचयमष्कm) कडा प्रकृतिका घाउहरु र नराम्रा बानीहरु जस्तै नार्काेटिक्स् समूहका औषधिहरुको दुरुपयोग गर्नु र अत्यधिक मद्यपान पनि यसको कारण मानिने गर्दछ ।
कसरी थाहा पाउने र हाइपोथर्मियामा के हुन्छ ?
यसको सबैभन्दा पहिलो लक्षण भनेको व्यक्तिले जाडो प्रति प्रतिकार गर्नु हो । अथवा मानिसले आफूलाई चिसो भएको महसुस गर्दै न्यानोको खोजी गर्दछ ।
उसले एक हातले अर्काे हातको हत्केला माडेर, दुवै हात बाँधेर, बाक्लो कपडाको खोजी गरेर, आगो तथा घामको खोजी गरेर चिसोको प्रतिकार गरेको देखिन्छ ।
चिसो बढ्दै गएमा बयस्क तथा बृद्धहरुले हाड गोडा झमझम गरेको अनुभव गर्ने, रिगंटा लागेको तथा वाकवाक लागेको बताउने, भोक लागेको अनुभव गर्ने, चाँडो चाँडो श्वास फेर्ने, अंगहरु निदाएको अनुभव गर्ने तथा अगंहरुको समन्वय कम भएको महशुस गर्ने, मुटुको गति बढ्ने, चेतनाको स्तर कम हुने, दोधारपनका गफहरु गर्ने र विस्तारै बोल्न कठिन भएको अनुभव गर्दछन् ।
यही हाइपोथर्मियाको अवस्था नवजात शिशु तथा अशक्त बालबालिकाहरुमा भएमा यसले जटिलता पैदा गर्दछ । किनकि उनीहरु रुने शिवाय अरु प्रतिक्रियात्मक क्रियाकलाप देखाउन सक्दैनन् । उनीहरुमा छाम्दा चिसो हुने, अनुहार तथा छाला कडा रातो देखिने, चिडिएर रुने, थकित र कमजोर देखिने, हातगोडा लुलो हुने जस्ता लक्षण तथा चिन्हहरु देखा पर्दछ । यस्तो समस्या तथा अवस्था लामो समयसम्म रहेमा नवजात शिशु, बालक, व्यक्ति तथा बृद्धबृद्धाले आफ्नो चेतनाको स्तर गुमाउँदै जान्छन्, नाडीको गति कमजोर, मिल्न कठिनाई, श्वासप्रश्वासमा कठिनाई भएको चिन्हहरुमा देखा पर्दछ । जस्ले नराम्रो अवस्थाको संकेत गर्दछ या मृत्युसम्म पु¥याउँदछ ।
के गर्न सकिन्छ हाइपोथर्मियामा ?
रोकथाम, बचावट तथा उपचार
हाइपोथर्मिया तुलनात्मक रुपमा अरु चिसो कारण हुने समस्या भन्दा फरक र जीवनमरणसंग सम्बन्ध राख्ने चुनौतिपूर्ण र आकस्मिक समस्या हो जसले नसोचेको बेलामा दुर्घटना निम्त्याउन सक्दछ । नवजात शिशु, बालबालिका या बृद्धबृद्धाको ज्यान समेत लिने गर्दछ । यस्तो अवस्थामा तुरुन्त अस्पताल या क्लिनिकमा पु¥याएर सेवा दिन सम्भव नभएमा र माथिका लक्षण तथा चिन्हहरु स्पष्ट देखा परेमा निम्न अनुुसार सुरक्षात्मक, प्रतिकारात्मक र प्रर्वद्धानात्मक उपचार पद्धति या घरायसी सुरक्षा विधि अपनाउन सकिन्छ ।
कुनै पनि चिसो या भिजेको कपडा टोपी, पञ्जा, मोजा भए तुरुन्त हटाइदिने या खोल्ने । अरु शरीरको तापक्रम नघटोस् भन्ने उद्देश्यले जति सक्दो चाँडो व्यक्तिलाई पानी, चिसो हावा वा हुस्सेबाट बचाउँदै सुख्खा कपडाहरु र बाक्लो सिरक या ब्ल्याङ्केटले ढाक्ने । उसलाई विस्तारै सुख्खा, सुरक्षित र सजिलो स्थानमा लैजाने ।
सम्भव भएमा अतिरिक्त बाक्लो र न्यानो सिरक वा इलेक्ट्रिक ब्ल्याङ्केटको व्यवस्था गर्ने । हिटिङ प्याड, हट व्याग इत्यादिले पैताला, काखी, घाँटी जस्ता तत्काल शरीरको तापक्रम बढाउन सक्ने भागहरुमा सेक्ने या च्याप्ने ।
वेहोसीको अवस्था बाहेकको अवस्थामा झोलिलो पर्दाथ जस्तै तातो पानी, दालको रस, चना–सिँबी–राज्मा जस्ता गेडागुडीबाट तयार पारिएका झोल प्रशस्त मात्रामा पिलाउन सकिएमा शरीरको तापक्रम बढी नाश हुनबाट बचाउन सकिन्छ ।
त्यस्तै मह, दूध, चाकु इत्यादिको सेवनले शरीरको तापक्रम बढाउन सहयोग गर्दछ । चिसोमा तापक्रम बढाउन सहयोग गर्दछ भनेर अल्कोहल र क्याफिनको प्रयोग गर्नु भने हानिकारक हुने गर्दछ । जसले तापक्रम बढाउनुभन्दा बढी खर्च गर्नमा सहयोग गर्दछ ।
नवजात शिशुहरुको हकमा भने उनीहररुलाई न्यानो कपडामा राख्ने, प्रशस्त मात्रामा आमाको दूध चुसाउने गर्नुपर्दछ भने खेल्ने कुद्ने उमेरका स्कुले बालबालिकाहरुलाई शरीरको तापक्रम घट्न नदिन पूरा बाउला लगाइदिने, स्वीटर, ज्याकेट तथा गर्धन ढाक्ने कपडाहरुको प्रयोग गरेर मात्र स्कूल पठाउने गर्नुपर्दछ ।
बृद्धबृद्धाहरुले हाइपोथर्मियाको खतराबाट बच्न चिसो याममा राति नै उठेर चिसो पानीले नुहाउने र बाक्लो कपडा नलगाई धेरैबेर नाङ्गो शरीर पूजापाठमा बस्ने नगर्नु उचित हुन्छ । त्यस्तै गृहिणी तथा महिलाहरुको हकमा धेरैबेर समयसम्म चिसोमा लुगा धुने, भाँडा माझ्ने या लामो समयसम्म चिसो पानीको प्रयाग नगरी सकेसम्म चिसोबाट बच्ने उपाय अपनाउनु बेश हन्ुछ ।
चिसो मौसममा दुई पाङ्ग्रे सवारी साधन चलाउँदा चिसोबाट बच्ने उपायहरु अपनाउनु, घरमा बस्दा या राती सुत्दा चिसोबाट बच्ने उपायहरु अवलम्बन गर्नु हाइपोथर्मियाबाट बच्ने तथा रोकथाम गर्ने उचित उपाय हुन आउदँछ । तर चिसोबाट बच्ने निहुँम्मा उचित भेन्टिलेसन बिना झ्याल–ढोका बन्द गरी सुत्दा भने रगतमा अक्सिजनको आपूर्तिमा कमी (ज्थयहझष्ब) भई निस्सासिएर (ब्कउजथहष्ब) ज्यान समेत जाने खतराबाट भने सर्तक हुनुपर्दछ ।
sureshkhatiwada112@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here