अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जेसीज शनिश्चरेको १३ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
जेसीज २०२५का अध्यक्ष वेदनारायण गोदार थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले उद्घाटन गरेका थिए ।
जेसीज शनिश्चरेका मातृ संस्था बिर्ता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठलाई साक्षी राखी कार्यक्रममा अध्यक्ष थापाको गलाको जेसीज चेन २०२६की नवनिर्वाचित अध्यक्ष बिमला भट्टराईलाई लगाउँदै पद हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो । जसअनुसार सम्मान पत्रबाट सम्मानित हुनेमा साहित्यकार भगवती ढुङ्गेल र कदर पत्रबाट सम्मानित हुनेहरुमा डा. मुकेश शाह, पदमबहादुर कुँवर, रञ्जिता गौतम, रमेश विष्ट र सुरेश गौतम रहेका छन् ।
त्यस्तै जंगबहादुर गोदार थापा स्मृति उत्कृष्ट कलाकार पुरस्कारबाट स्मृति समाल मगर, नवराज खड्का स्मृति उत्कृष्ट शिक्षा पुरस्कारबाट छात्र रिजन नेपाल र छात्रा विन्दिया मोहरा र शेरबहादुर कुँवर स्मृति उत्कृष्ट खेलकुद पुरस्कारबाट झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”पुरस्कृत भएका थिए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नेपाल जेसीज २०२६का राष्ट्रिय उपाध्यक्ष अनिश भट्टराई, मातृशाखा बिर्ता जेसीजका अध्यक्ष श्रेष्ठ, अर्जुनधारा जेसीजका संस्थापक इन्दिवर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा जेसीजकी महासचिव भट्टराईले जेसीज आस्था वाचन, जेसी प्रजित थापाले मिसन भिजन वाचन र जेसी उज्जवल खरेलले स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन महासचिव भट्टराई र नवनिर्वाचित महासचिव जेसी कला विष्टले गरेका थिए ।































