निपाह भाइरस : निर्वाचन, रोकथाम र नियन्त्रण

0
23

के हो निपाह ?

निपाह भाइरस (ल्ष्उNipah Virus- NiV) एक अत्यन्त गम्भीर र प्राणघातक Zoonotic RNA virus हो । यो भाइरस प्याराम्याक्जोभेराडे परिवार अन्तर्गतको Henipavirus वंशमा पर्दछ । निपाह भाइरसले मुख्यतः मानिसमा AES अर्थात् मस्तिष्कको तीव्र संक्रमण तथा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्दछ । विश्व स्वास्थ्य संगठन (DaGwL)ले यसलाई उच्च जोखिमयुक्त रोगको सूचीमा राखेको छ ।

यस भाइरसको मृत्युदर करिब ४० देखि ७५ प्रतिशत सम्म हुने भएकाले यसलाई सार्वजनिक स्वास्थ्यका लागि अत्यन्त खतरनाक मानिन्छ । हालसम्म निपाह भाइरस विरुद्ध कुनै प्रभावकारी खोप वा विशेष औषधि उपलब्ध छैन, जसका कारण यसको रोकथाम र नियन्त्रणमा सावधानी नै मुख्य उपाय हो ।

उत्पत्ति र इतिहास

निपाह भाइरस पहिलोपटक सन् १९९८–९९मा मलेसियामा पहिचान गरिएको थियो। त्यतिबेला सुँगुर फार्ममा काम गर्ने मानिसहरूमा अज्ञात रोग देखिएपछि अनुसन्धान गर्दा निपाह भाइरस पत्ता लागेको हो। त्यसपछि बंगलादेश, भारत (केरला, पश्चिम बंगाल) लगायतका देशहरूमा पटक–पटक निपाह भाइरसका प्रकोप देखिइसकेका छन् ।

कसरी सर्छ त निपाहा भाइरस ?

वैज्ञानिक अध्ययन अनुसार फलफूल खाने चमेरा (Pteropus species) निपाह भाइरसका प्राकृतिक भण्डार हुन् । चमेराबाट सिधै वा सुँगुर, अन्य जनावर हुँदै मानिसमा संक्रमण सर्न सक्छ । दूषित फलफूल, काँचो खजुरको रस (Date palm sap) तथा संक्रमित मानिससँग नजिकको सम्पर्क प्रमुख सर्ने माध्यम हुन् ।

नेपालमा निपाह भाइरसको सम्भावित अवस्था

हालसम्म नेपालमा निपाह भाइरसको ठूला प्रकोप पुष्टि नभए पनि नेपाल पूर्ण रूपमा सुरक्षित भने छैन । नेपाल र भारतबीचको खुल्ला सीमाना, दैनिक आवतजावत, श्रमिकको आवागमन तथा व्यापारिक गतिविधिका कारण संक्रमण भित्रिने जोखिम सधैँ रहन्छ । भारतका केही राज्यहरूमा निपाह भाइरस देखिइसकेको सन्दर्भमा नेपालले विशेष सतर्कता अपनाउन आवश्यक छ । सीमावर्ती क्षेत्र, वनजंगल नजिकका बस्ती, तथा फलफूलको व्यापार हुने क्षेत्रहरू बढी जोखिममा पर्न सक्छन् ।

के हुन्छ त लक्षण तथा चिन्हहरु ?
निपाह भाइरसको सराई अवधि (Incubation period) अथवा भाइरस शरिरमा प्रवेश गरेपछि लछण देखा पर्ने अवधि सामन्यतय ५ देखि १४ दिनसम्म हुन्छ। सुरुमा साधारण ज्वरो जस्तै देखिए पनि केही दिनमै गम्भीर अवस्थामा पुग्न सक्छ ।
प्रारम्भिक लक्षणहरू
– उच्च ज्वरो
– टाउको दुखाइ
– मांसपेशी तथा शरीर दुख्ने
– थकान र कमजोरी
– घाँटी दुख्ने
– स्वास प्रश्वास प्रणालीसंग सम्वन्ध हुने भएकाले खस–खस खोकी लाग्न सक्छ
– वाक्वाकी वा बान्ता हुन सक्छ
जटिलता वा गम्भीर लक्षण तथा चिन्हहरू
– श्वासप्रश्वासमा गम्भीर समस्या
– मानसिक अवस्था परिवर्तन जस्तै
अल्मलिनु वा व्यवहार परिवर्तन
– बेहोस हुने
– झट्का लाग्ने र काम छुट्ने
(Seizures) लाग्नु
– मस्तिष्क सुन्निनु (Encephalitis)
– कोमा अवस्था र मृत्यु
बालबालिका, वृद्ध र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूमा यस रोगको जोखिम बढी हुन्छ ।

निर्वाचन र निपाह भाइरसको जोखिम

निर्वाचन लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अंग हो । तर, निर्वाचनको समयमा सभा, जुलुस, घरदैलो कार्यक्रम, मतदान केन्द्रमा भीडभाड हुने भएकाले संक्रामक रोग फैलिने सम्भावना बढ्छ ।

निपाह भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने भएकाले चुनावी कार्यक्रमहरूमा सावधानी नअपनाएमा ठूलो जोखिम हुन सक्छ । विशेषगरी ज्वरो वा रुघाखोकी जस्ता लक्षण भएका व्यक्तिहरूको सहभागिताले संक्रमण फैलिन सक्ने खतरा हुन्छ ।

नियन्त्रण तथा रोकथाम उपाय

– निपाह भाइरसको कुनै निश्चित उपचार नभएकाले रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो ।
व्यक्तिले के गर्ने ?
– साबुन पानीले हात बारम्बार धुने
– भीडभाडमा मास्क प्रयोग गर्ने
– काँचो खजुरको रस तथा भुइँमा झरेका फल नखाने
– ज्वरो वा लक्षण देखिएमा तुरुन्त स्वास्थ्य
संस्थामा जाने
समुदाय तथा स्सथानिय सरकारको स्तरमाः
– सीमामा स्वास्थ्य जाँच कडाइ गर्ने
– निर्वाचन तथा सार्वजनिक कार्यक्रममा
स्वास्थ्य–मापदण्ड लागू गर्ने गर्नुपर्ने देखिन्छ
– जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
– संक्रमित वा शंकास्पद व्यक्तिको
आइसोलेसन व्यवस्था गर्ने
– स्वास्थ्यकर्मीलाई तालिम र आवश्यक
स्रोत उपलब्ध गराउने
–चुनाव प्रचार प्रसार सभा सम्मेलनमा
दुरी कायम गर्ने
जिम्मेवार रही जिम्मेवार
रही बहस कसले चलाउने ?

निपाह भाइरसजस्तो प्राणघातक संक्रमणले स्वास्थ्य क्षेत्र मात्र होइन, सामाजिक, आर्थिक र राजनीतिक प्रक्रियालाई समेत गम्भीर असर पार्न सक्छ । विशेष गरी निर्वाचन जस्तो संवेदनशील र भीडभाड हुने समयमा यस्ता रोगको जोखिमलाई बेवास्ता गर्नु भविष्यका लागि घातक हुन सक्छ ।

सार्वजनिक स्वास्थ्य र लोकतान्त्रिक प्रक्रियाबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो । समयमै सतर्कता अपनाउने, वैज्ञानिक सल्लाह अनुसार नीति निर्माण गर्ने तथा नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने हो भने निपाह भाइरसजस्ता महामारीको सम्भावित जोखिमलाई न्यून गर्न सकिन्छ । यसका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, स्वास्थ्यकर्मी तथा आम नागरिक सबैको साझा जिम्मेवारी र सहकार्य अपरिहार्य छ ।

‘स्वस्थ नागरिक, सुरक्षित निर्वाचन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै अघि बढ्नु नै दीर्घकालीन समाधान हो । सावधानी आज अपनाएनौं भने भोलि विकल्प नहुन सक्छ । रोग नियन्त्रण केवल स्वास्थ्य क्षेत्रको काम मात्र होइन, यो सम्पूर्ण समाजको दायित्व हो । सुरक्षित निर्वाचन, स्वस्थ राष्ट्रको आधार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here