बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्कीले कांग्रेस छाडे, रास्वपामा प्रवेश

0
186

बिर्तामोड ।

नेपाली कांग्रेसका जिल्ला सदस्य बलराम कार्कीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाताहरु समक्ष उम्मेद्वारहरु पुग्ने क्रम जारी रहेका बेला झापामा एमाले र कांग्रेसका नेताहरुले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने क्रम बढ्दै गएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई भेट गर्दै उनीहरुले रास्वपामा प्रवेश गरेको सामाजिक सञ्जाल मार्फत घोषणा गरिरहेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कार्कीले कांग्रेस पार्टीको सबै जिम्मेवारीबाट राजिनामा दिएको र आजैका मितिबाट पार्टीको साधारण सदस्य समेत नरहेको भन्दै कांग्रेस छाडेका हुन् ।

झापाका स्थानीय तहमा प्रवभा पार्न सकने नेताहरुले पार्टी छाडेर रास्वपालाई रोजेसंगै चुनावी सरगर्मी बढेको छ । हिजो मात्रै झापा आएका रास्वपाका नेता बालेन शाहलाई भेट्नेको लर्को लागेको छ भने भावी प्रधानमन्त्री भन्दै नागरिकले शुभकामना समेत दिइरहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here