नक्कली नेपाली नोट सहित एक जना पक्राउ

0
18

सुनसरी ।

सुनसरीको हरिनगर गाउँपालिका–१ बाट नक्कली नेपाली रुपैयाँ एक हजार दरको २८ थान नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–१० का २५ बर्षीय बहिस मियाँ रहेका छन् । पक्राउ परेका मियाँले हरिनगर–१ स्थित किराना पसलमा समान खरिद गर्दा नक्कली नोट दिएको भनेर पसल धनीले प्रहरीलाई जानकारी गराउना साथ प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले मियाँलाई तत्काल नियन्त्रणमा लिएको थियो ।

उनको शरीर खानतलासी गर्दा उनको साथबाट नक्कली नेपाली रुपैंयाँ एक हजार दरको २८ थान नोट बरामद गरेको हो । पक्राउ परेका बहिस मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here