सालनालसहितको नवजात शिशु मृत फेला,१८ वर्षीय किशोर पक्राउ

0
16

सुरुङ्गा, झापाको कचनकवल गाउँपालिका–३ डाँगीबारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

डाँगीबारी निवासी खेलबहादुर राजवंशीको घर पछाडि नजिकै रहेको परालको कुनियु छेउमा हरियो कपडाको सलले बेरी सालनालसहित फ्यालिएको अवस्थामा नवजात शिशु (छोरा) फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो ।

सालनाल सहितको शिशू फेला परेको सूचना पाए लगत्तै प्रहरी चौकी पथरियाबाट प्रहरी सहायक निरीक्षक हरीभक्त श्रेष्ठको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको र नवजात शिशु मृत अवस्थामा रहेको पाइएसंगै शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त नवजात शिशु खेलबहादुर राजवंशीकी १७ वर्षीया छोरी कल्पना राजवंशीको भएको खुलेको प्रहरीको भनाइ छ ।

यसैबीच प्रहरीले घटनासम्बन्धी अनुसन्धानका लागि कचनकवल गाउँपालिका–४ केचना निवासी अन्दाजी १८ वर्षका हेम राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here