झापा ४का मतदाताको एउटै प्रश्न कन्काईको पुल कहिले बन्छ ?

0
7

सुरेन्द्र भण्डारी
झापा, हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज–१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको करिव १४ वर्ष भयो ।
सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय मातहत योजना कार्यालय, इटहरीले पुल निर्माणका लागि पप्पु महादेव–खिम्ती संयुक्त उपक्रम ९जेभी० सँग सम्झौता गर्दै पुल निर्माण प्रक्रिया अघि बढाएको थियो ।
७२३ मिटर लामो पुल निर्माणका लागि २०६८ जेठ ३१ गते सम्झौता भएको र पाँचपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि गतमंसीरमा ठेक्का सम्झौता अन्त्य भएको सूचना सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय मातहत योजना कार्यालय, इटहरीले जारी गरेको थियो । ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित ३४ करोड ९ लाख रुपैयाँको लागतमा शुरु गरिएको पुल निर्माणको प्रगति १४ वर्षमा ५६ प्रतिशत मात्रै भएपछि ठेक्का रद्द भएपछि अहिले कन्काई पुल अलपत्र छ ।
यही पुल निर्माणको माग गर्दै दक्षिणी झापाका स्थानीयवासी पालिकादेखि मन्त्रालयसम्म पुगे । माग सुनुवाई नभएपछि गत असोजमा स्थानीय मुकेश राजवंशीको नेतृत्वमा त्यहाँका स्थानीयवासी प्लेकार्डसहित पुलमै धर्ना बसे । ‘हामीबाट भयो भुल, सरकार चाँडो बना पुल’ लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराए ।
त्यसपछि गतअसोज २६ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री समेत रहेका कुलमान घिसिङले पुलको स्थलगत निरीक्षण गर्दै पुल निर्माण बारे छिट्टै निर्णय गरिने स्थानीयवासीलाई आश्वासन दिए । तर, पुल निर्माणको काम अघि नसरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२का लागि मत माग्न पुग्ने उम्मेदवारलाई स्थानीयवासीे एउटै प्रश्न गर्छन्– कन्काईको पुल कहिले बन्छ रु अनि यो पुल कसले बनाउँछ रु ।
कन्काई नदीमा पुल नहुँदा आफूहरुले वर्षैंदेखि सास्ती व्यहोर्नु परेको, व्यापार–व्यवसाय सञ्चालनमा असर परेको, वर्षात्को समयमा आवतजावतमा नै समस्या हुने गरेको, वर्षेनि बाँसको अस्थायी पुल निर्माण गरेर जोखिमपूर्ण आवतजावत गर्नु परेको दुखेसो पोख्दै उनीहरुले पुल निर्माणलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्ने गरेका छन् । हामी प्रतिनिधिसभा सदस्यका उम्मेद्वारहरुले आफ्ना एजेण्डा सुनाउनु पूर्व नै स्थानीयले यस ठाउँमा स्थानीयले पुल निर्माणको विषय उठाउने गरेका छन्– नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवे लिम्बूले भने ।
कन्काई माई र सानो माईको कटान र डुवानबाट दक्षिणी झापाको झापा गाउँपालिकाका स्थानीयवासी आफैंमा पीडित छन्– उनले भने– यस अघि निर्वाचित जनप्रतिनिधिले देखाएको आश्वासनका कारण गाउँमा सहज रुपमा मत माग्न सक्ने अवस्था पनि छैन । बिगतमा आफूले गरेका विकास निर्माणका कामलाई स्मरण गराउँदै अहिले मतादाता भेट्ने काम भइरहेको उनले बताए ।
विकासको दृष्टिकोणले पछि परेको झापा ४को विकासको एजेण्डा नै हाम्रो पहिलो प्राथमिकता हो– प्रतिनिधि सभा सदस्य उम्मेद्वार थेवेले भने– हामी अहिले नै यो गर्छौं र त्यो गर्छौ भन्न सक्ने अवस्थामा छैनौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिते पनि हारे पनि यही क्षेत्रको विकास गर्ने हाम्रो पहिलो प्रयास हुनेछ ।
झापा गाउँपालिका–१ सीतुमारीका स्थानीय छवि पौडेल भन्छन्– अब मत माग्न आउने उम्मेदवारले विगतमा सुनाए जस्तो आश्वासनमा हामी अल्मिलिँदैनौं । जसले कन्काईको पुन निर्माण, कन्काई माईमा तटवन्ध र दिघलबैंक नाका खोल्ने प्रतिबद्धता जनाउँछ, उसैलाई हामी मत दिन्छौं । झापा क्षेत्र नम्वर ४मा ६६ हजार २ सय ८३ पुरुष र ६४ हजार ४ सय २८ महिला गरी एक लाख ३० हजार ७ सय १२ जना मतदाता छन् ।
यो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसबाट देउकुमार थेबे, नेकपा एमालेबाट लालप्रसाद साँवा लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शम्भुप्रसाद ढकाल ९सुस्केरा०, नेकपा माओवादीबाट ताराबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भक्तिप्रसाद सिटौला, श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई, नेपाली कम्युनिष्ट पार्टीबाट पुरुषोत्तम चुडाल ९राजु०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट किरणलिम्बू लिङ्देन, नेपाल मजदुर किसान पार्टीबाट तुलसीलक्ष्मी दुमरु, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दिलीप धिमाल, जनता समाजवादी पार्टी नेपालबाट पल्टन ताजपुरिया, उज्यालो नेपाल पार्टीबाट सन्तोष तामाङ, जनमत पार्टीबाट लोथ्रो हेमरम, नेपाल कम्युनिष्ट पार्टी ९माक्र्सवादी–पुष्पलाल० बाट टेकबहादुर अधिकारी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट त्रिनारायण राजवंशी र स्वतन्त्र उम्मेदवार साजन माझी गरी १६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here