बालकल्याण आधारभूत विद्यालयको रजत महोत्सव सम्पन्न

0
10
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका–६स्थित बालकल्याण आधारभूत विद्यालयको २५औं वार्षिकोत्सव(रजत महोत्सव) मंगलबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा विद्यालय प्राङ्गणमा नवनिर्मित रजत महोत्सव स्तम्भको प्रमुख अतिथि तामाङले अनावरण गरेका थिए । उक्त स्तम्भ आमाबुबा पूर्णिमा–पञ्चबहादुर राईको स्मृतिमा छोराबुहारी स्थानीय धनकुमार–कौशिला राईले निर्माण गरेका हुन् ।
त्यस्तै कार्यक्रममा जग्गादाताहरु नरप्रसाद–लक्ष्मी प्रसाईं, मैनादेवी प्रसाईं, सरस्वती प्रसाईं, राधा प्रधान अक्षयकोषदाताहरु जीवन राई, नेत्र बिमली, पुष्प भेटवाल र हीरादेवी श्रेष्ठ, सरस्वती मन्दिरका निर्माणकर्ता राधा–कुशल सुब्बा, चन्दादाता, संस्थापक सदस्य, पूर्व पदाधिकारी एवम् सदस्यहरुलगायत तीन सय जनालाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा अर्जुनधारा–६का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, नगर कार्यपालिका सदस्यद्वय नरेन्द्रबहादुर राई र सन्तोष मेचे, नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, महारानीगञ्ज माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडा, सल्लाहकार समितिका संयोजक लोकनाथ गौतम लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक डम्बर यादवले विद्यालयको भावी रणनीतिसहितको वर्तमान गतिविधिहरु बारे जानकारी गराएको कार्यक्रममा शिक्षक एवम् विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । शिक्षक देउकुमारी थापाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक भेषराज अधिकारीले गरेका थिए ।
दुई दिन सम्म सञ्चालन भएको वार्षिकोत्सवको पहिलो दिन सोमबार विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको शिक्षक सञ्जु शिवाकोटीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here