धुलाबारी । अलपत्र परेको सामुदायिक भवन तथा कृषि संग्रहालय निर्माणार्थ आयोजित महायज्ञ समापन भएको छ । महायज्ञबाट ३ लाख ७५ हजार ६ सय ११ रुपैयाँ आम्दानी र २ लाख १३ हजार ४ सय ६५ रुपैयाँ खर्च भएको आयव्याय सार्वजनिक गरिएको छ । 
उक्त आम्दानीमध्ये २२ हजार ४ सयको जिन्सी सामग्री र ८६ हजार पाँच सय नगद उठ्न बाँकी रहेको श्रीमद् भागवत महापुराण धन-धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञ ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए ।
उनका अनुसार धार्मिक तथा सामाजिक व्यक्ति, झापा क्षेत्र नम्बर १ बाट विभिन्न पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारले आर्थिक सहयोग गर्ने वचन दिएका छन् । अलपत्र भवन निर्माणका लागि १० लाखबढी आर्थिक संकलन गर्ने उद्देश्यले गत माघ १७ गते महायज्ञको आयोजना गरिएको थियो ।

सामुदायिक भवन निर्माणसहित ग्रामिण कृषि संग्रहालय निमार्ण गर्न समुदाय नै लागेपनि पूर्ण भने हुन पाएको थिएन ।उक्त संरचना निर्माणका लागि स्थानीय दानवीर अनिल पौडेलले संस्थालाई नि:शुल्क जग्गा प्रदान गरेपछी निन्दा कृषि सहकारी संस्थाले बिस २०७७ सालमा भवन निर्माण आरम्भ गरेको सुरु थियोे ।
भवन निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले आर्थिक सहयोग गरेपनी आवश्यक बजेट अभावका कारण निर्माणाधीन अवस्थामा अलपत्र भएको थियोे ।































