बिर्तामोड स्मार्ट लेडीले रंगीन बनायो आधारभूत विद्यालय, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

0
4

 

झापा, अर्जुनधारा–५ स्थानीय श्री समाजसेवी आधारभूत विद्यालयको भवनमा रंग रोगन कार्य सम्पन्न भएको छ। लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको पहलमा पाँचवटा कक्षा कोठामा नयाँ रङ लगाई विद्यालयलाई उपहार स्वरुप हस्तान्तरण गरिएको छ।

अध्यक्ष यशोदा उप्रेतीले विद्यालय भवनमा रंग रोगन गरिएको जानकारी दिइन् भने सचिव शिला भट्टराई बरालले बुधबार विद्यालयमा रंग रोगनको काम सम्पन्न गरी हस्तान्तरण गरिएको बताइन्। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई ५० थान शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो।

कार्यक्रममा लायन्स क्लबका पीआरओ चिफ सत्यनारायण शर्मा, एमजेएफ चिफ शैलेन्द्र कुरुम्बाङ, डिस्ट्रिक्ट चिफ जीवन खड्का, रिजन चेयर पर्सन पार्वता गिरी, विद्यालयका प्रधानाध्यापक मेघप्रसाद भट्टराईसहित क्लबका अन्य कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो।

विद्यालय भवन रंगीन बनाउनुका साथै विद्यार्थीहरूको सिकाइ वातावरण सुधार्न गरिएको यस पहलले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको आयोजकहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here