राप्रपा निर्वाचनपछि निर्णायक शक्तिका रूपमा देखा पर्ने अध्यक्ष लिङ्देनको दावी

0
5

झापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनले अप्रत्यासित परिणाम ल्याउने दाबी गर्दै राप्रपा संसदमा निर्णयक शक्तिका रूपमा स्थापित हुने बताउनु भएको छ । मुलुकको विद्यमान राजनीतिक धारबाट असन्तुष्ट मतदाताको भरोसा राप्रपामाथि केन्द्रित हुँदै गएको उहाँको भनाई छ ।
झापा क्षेत्र नम्वर ३ मा पर्ने जेसीजले आज आयोजना गरेको ककस कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष लिङ्देनले हिजोको व्यवस्थाले समाधान दिन नसकेको भन्दै विकल्प खोज्नेहरूको राजनीतिक थलो राप्रपा भएको बताउनुभयो । ‘हिजो ठीक थिएन र ठीक भएन भनेर नयाँ बाटो खोज्नेहरूका लागि विकल्प भनेकै राप्रपा हो – अध्यक्ष लिङ्देनले भन्नुभयो– नयाँ खोज्नेहरूका लागि पनि राप्रपा हो ।
नयाँ पार्टीप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले ‘नयाँ’को परिभाषा पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – नयाँ भन्नाले उमेरले मात्रै, अनुहारले मात्रै वा पहिलोपटक उठेकै आधारमा हुँदैन, ‘नयाँ विचारका हिसाबले हुनुपर्छ । ’
देशमा विद्यमान समस्याको समाधान निर्वाचन मात्रै नभएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले दीर्घकालीन शान्ति र स्थायित्वका लागि निर्वाचनअघि नै नवीन राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राख्नुभयो ।
मुलुक निर्वाचनमा गइसकेको छ, तर दीर्घकालीन रूपमा स्थायी शान्ति स्थापनाका लागि कसैलाई निषेध नगरी, फेरि कसैलाई आन्दोलनमा जानु नपर्ने गरी राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्छ ’– अध्यक्ष लिङ्देनले भन्नुभयो ।
नेपालको संविधान २०७२ ले कोरेको मार्गचित्रमा सुधार नगरी देशले निकास पाउन नसक्ने उहाँको भनाई थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here