भद्रपुर । काठमाडौं फर्किने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताको धेरै माया र विश्वास पाएको बताउनु भएको छ । सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं यस्तो बताउनु भएको हो ।
आज दिउँसो भद्रपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले मतदाताको माया कस्तो पाउनुभयो भन्ने जिज्ञासा राखेका थिए । अध्यक्ष ओलीले झापा क्षेत्र नं। ५ का मतदाताबाट धेरै माया र विश्वास पाएको प्रतिक्रिया दिनुभयो ।
एक साता आफ्नो क्षेत्रमा मतदातासँग बिताउनु भएका ओलीलाई स्थानीय समस्या, विकास योजना माग र कतिपय अपुरो योजनाहरुका बारेमा जानकारी गराइएको थियो । मतदाताले अध्यक्ष ओलीलाई आफ्नो क्षेत्रका मतदाताहरुलाई बेलाबेला भेट गर्ने कार्यक्रम समेत राखिदिन सूझाव दिएका छन् । उहाँले क्षेत्रमा आफ्ना मतदाताहरुलाई पर्याप्त समय दिई छलफल गर्नुभएको थियो ।
भद्रपुर – १ स्थित हिमालीमा जलेकोको बुबाको घर हेरेर काठमाडौं फर्किनु भएका ओली फागुन ३ गते झापा आउने जनाइएको छ ।





























