तिमी

0
4


तिमी बोल्दा शब्दहरु मौन बस्छन्
तिमी मुस्कुराउदा समय थामिन्छ
तिमी मेरो खुसी हैनौ
मेरो सहनशिलताको त्यो पहाड हौ
जहा मेरा अशान्त पिडाहरु पनि
शान्त भएर बस्न सिक्छन् !!

म तिमीलाई चाहान्छु भनेर हैन
तिमी बिना म अधुरो छु भनेर
स्वीकार गर्न तिम्रो साम्पियले सिकायो,
मेरा अनिदा रातहरु तिम्रो समझ्नाको
उज्यालोले छलड पारिदिन्छन!!

न तिमीले गुलाब दियौ न मैले उपहार नै
तर आज तिम्रो नामले मेरो मन गुलाबी भएको छ,
प्रेम देखाउन दिन, घडीका काटाहरु चाहिन्न तर,
तिम्रो दिन मेरो दिनले तिमीलाई म भित्र महसुस गर्ने गहिराई दियो!!

तिमी भेट हैनौ भाग्य हौ
आज प्रेम मनाउने उत्सब हैन
तिमीलाई मनभित्र रोक्ने पर्व हो,
तिमी एक पलको अतर सुग्नध होईनौ
तिमी मेरो हरेक दिनको शुरुवात र अन्तय हौ!!

तिमी मेरो हर्षको सिमाना होइनौ
तर, मेरो धैरताको बाध हौ
जहा पिडाले पनि आशा भएर बस्न सिक्छ
प्रेम आबाज होईन, आत्माको चिनजान हो
आज माया गर्नेहरुको दिन
तिमीलाई एकदिनको उपहार हैन,
एक जीबनको अन्नतको आदत बनाउछु
म ठुला र फराकिला बाचा बीच गास्दिन तिमीलाई,
तर,
स-साना दिनहरुमा तिमी बन्ने बाचा गर्छु!!

तिमी यो जन्मको प्रेम होईनौ,
तिमी आत्माले अघिल्लो जन्मदेखि स्वीकारेको, पुकारेको नाम हौ,
समयले बदलिदेला सब तर
समयभन्दा बाहिर हौ तिमी जहा उमेर छैन, अन्तय छैन,
म तिमीलाई हरेक जन्म, रुप र मौनतामा भेटिरहने प्रण गर्छु,
म्रत्युले छुटायो भने विश्वास गर, म तिम्रो छाया पछ्याउदै तिमीलाई खोज्दै अर्को चोला लिईसक्नेछु,
किनकी, यो मेरो स्वार्थ होइन, आत्माको सि्रगार हो!!

राधा क्रण्णाको जस्तो माया,
भेटको कथा हैन,
वियोगमा पनि मुस्कुराउने शक्तिको कथा,
सम्भव -अस्मभव जस्तैमा पनि सुनाखरी सरी फुलिरहने माया,
ह्रदयको माया, महसुसको माया,
सगर र सागर बीचको दुरी जस्तो माया सपनाको माया,
आज एकदिनको माया हैन,
प्रयाप्त, हरेक दिन नयनमा छल्किरहने,
मुटुको कम्पनमा धड्किरहने पुरानो कहिल्यै नहुने युग युगान्तरको माया मात्र
तिमी ! –   प्रणयदिवसको शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here