एडभेन्चर एजुकेशनले वार्षिक उत्सव मनायो

0
2

गोपाल अधिकारी,
बिर्तामोड ।

झापाको बिर्तामोड–३ शान्ति टोलमा रहेको एडभेन्चर एजुकेशन एकाडेमीले वार्षिक उत्सव मनाएको छ ।

विद्यालयका प्रिन्सिपल अमृतकुमार बस्नेतका अनुसार गत माघ २९ गते प्ले ग्रुपदेखि कक्षा २ सम्मका र फागुन १ गते कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीको सांस्कृतिक प्रस्तुति सहित पुरस्कार वितरण समारोह आयोजना गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत लासाङ तामाङले उद्घाटन गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथि तामाङले सबै जाति धर्मको साझा फूलबारी विद्यालयमा विभिन्न माध्यमबाट आयोजना गरिएका विद्यालय, नगर, जिल्ला , स्तरीय कार्यक्रम तथा खेलकुदमा उत्कृष्ट हुने र सहभागी हुने विद्यार्थीलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। साथै अभिभावक विद्यालय र विद्यार्थीको साझा प्रयासबाट मात्र सभ्य समाज, उत्कृष्ट शिक्षा तथा बहुप्रतिभाशाली नागरिक तयार हुने भएकोले सरोकारवाला सबैले ध्यान पुर्याउन जरुरी रहेको बताइन्।

सो कार्यक्रममा फाउन्डर नन्दकुमार बस्नेत, बिनपा वडा नम्बर ३ का वार्ड सदस्य लक्ष्मी रोक्का शान्ति टोल विकास समितिका अध्यक्ष नन्दकुमार अधिकारी , जगदम्बा टोलका विक्रम बस्नेत , बुद्धिमान टोलका विष्णु राजवंशी पूर्व शिक्षक कृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका सहायक प्रिन्सिपल साम बस्नेतले स्वागत गरेको कार्यक्रममा नर्सरी देखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूमध्ये प्रथम द्वितीय तृतीय हुने विद्यार्थीहरूलाई पदक तथा माध्यमिक तहतर्फ आस्ना राजवंशी र प्राथमिक तहतर्फ प्रख्यान गिरीलाई वर्षको उत्कृष्ट विद्यार्थी पदक तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

उक्त अवसरमा शिक्षक माया श्रेष्ठ र दिनेश दर्नाल तथा प्राइमरी र सेकेन्डरी लेभलमा अध्ययनरत विद्यार्थीले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here