खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

0
2
किमाथाङ्का, (सङ्खुवासभा),
सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवद्र्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।
आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई घारसहितका मौरी वितरण गरिएको छ । कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन प्रवद्र्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो ।
एक कार्यक्रमबीच नगरपालिकाले ९० मौरीसहितका घार कृषक समूह तथा कृषकलाई हस्तान्तरण गरेको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताउनुभयो । मौरीपालनलाई वैकल्पिक मात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिकाले मौरीसहितका घार वितरण गरेको उहाँको भनाइ छ ।
नगरपालिकाले मौरी प्रवद्र्धन अन्तर्गत प्रतिघार रु १० हजार ८०० लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो । कृषकले ५० प्रतिशत मात्र व्यहोर्नु परेको छ । बाँकी रकम नगरपालिकाले अनुदानस्वरूप उपलब्ध गराएको हो यो कार्यक्रमबाट विशेषगरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा मौरीपालन प्रवद्र्धन कार्यक्रमका लागि नगरसभाबाट रु ६ लाख विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकलाई तालिम प्रदान गरिने कृषि शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here