चिल्ड्रेन इन्भारोमेन्ट स्कुलमा तीनदिने पठन, चित्रकला तथा हस्तलेखन उत्सव सम्पन्न

0
4
  • ३८० विद्यार्थीको सहभागिता, उत्कृष्टलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान

झापा, झापाको बिर्तामोडस्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूल (सीआईएस)मा विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको तीनदिने पठनकला, चित्रकला तथा हस्तलेखन प्रतियोगितात्मक उत्सव सम्पन्न भएको छ ।


‘पुस्तकीय ज्ञानसँगै व्यवहारिक ज्ञान’ भन्ने नारासहित आयोजित उक्त उत्सवअन्तर्गत नेपाली तथा अङ्ग्रेजी हस्तलेखन, पठनकला र चित्रकला प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल सन्तोष सुब्बाले जानकारी दिए । प्रतियोगितामा कूल ३८० विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताका क्रममा अभिभावकहरूले आफ्ना बालबालिकाको हस्तलेखन र चित्रकलाको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएका थिए ।

विद्यालयले सीप, संस्कार र प्रविधियुक्त शिक्षाको अवधारणाअनुसार पठन संस्कृतिको विकास कार्यक्रमलाई निरन्तरता दिँदै उक्त उत्सव आयोजना गरेको जनाएको छ । चित्रकला तथा हस्तलेखन प्रतियोगिताका निर्णायकमा ख्यातिप्राप्त चित्रकार छेतेन शेर्पा र प्रशिक्षक युवराज रिजाल रहेका थिए । कार्यक्रम रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको सहकार्य तथा प्रायोजनमा सम्पन्न भएको थियो ।

उत्सवमा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष तथा शिक्षाविद् पुष्पाञ्जलि ठकुरी सिन्हा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कार्की लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा पठन संस्कृति विकास कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रतिस्पर्धीबीच अन्तिम चरणको प्रतिस्पर्धा समेत सञ्चालन गरिएको थियो ।

हस्तलेखन प्रतियोगितातर्फ उत्कृष्ट

हस्तलेखन प्रतियोगिताको जुनियर समूह (नर्सरीदेखि यूकेजी) नेपाली भाषातर्फ श्रीराज कडरिया प्रथम, श्रीना लामगादे द्वितीय र देवान्स तामाङ तृतीय भएका थिए । सोही समूहको अङ्ग्रेजी भाषातर्फ ग्लोरी बनियाँ प्रथम, नीरा वाइबा द्वितीय र युना धिमाल तृतीय भएका थिए ।

सब–जुनियर समूह (कक्षा १ देखि ३० अङ्ग्रेजी भाषातर्फ साइना याम्फु राई प्रथम, मार्भिन राई द्वितीय तथा रोजन सुवेदी, लक्ष्मी कार्की, सोफिया गुरुङ र नेन्सी बस्नेत तृतीय भएका छन् । नेपाली भाषातर्फ आहाना श्रेष्ठ प्रथम, इभा लामगादे द्वितीय तथा आइन पुडासैनी, श्रुतिका पोखरेल, सिफरा राई र रिभा खड्का तृतीय भएका छन् ।

जुनियर समूह ‘क’ अन्तर्गत आयान आचार्य प्रथम, आरोह रायमाझी द्वितीय तथा सन्साइन माङ्बु, श्रेभ्ना लामगादे र दिवान्स तामाङ तृतीय भए । जुनियर समूह ‘ख’ अन्तर्गत रोजन सुवेदी प्रथम, अनुजा राजवंशी द्वितीय तथा अक्ष खतिवडा, क्वेसन निरौला र मार्भिन राई तृतीय भएको विद्यालयले जनाएको छ ।

सब–जुनियरतर्फ रितिका राजवंशी प्रथम, रुबि इभा द्वितीय तथा गुन्जन बस्याल, आरोही श्रेष्ठ र संयोक तामाङ तृतीय भएका छन् । सिनियरतर्फ सदिस्ना भट्टराई प्रथम, सृष्टि तामाङ द्वितीय तथा नामसाङ लिम्बू, प्रेक्षा आचार्य र हेलिना चौधरी तृतीय भएका छन् ।
पठनकला प्रतियोगितामा पनि उत्साहजनक सहभागिता
कक्षा ४ र ५ समूहको अङ्ग्रेजी पठनकलातर्फ प्रनिधि सुवेदी प्रथम भए भने रिहानिका शिवा र आश्ना सापकोटा संयुक्त रूपमा द्वितीय तथा मानवी दाहाल र रायन ढकाल तृतीय भए । पठनकला प्रतियोगितामा सिर्जनशीलता पुरस्कार सृष्टि बस्नेत र किरण श्रेष्ठले प्राप्त गरेका थिए ।
प्रतियोगिताका निर्णायकमा बिर्ताज्योति साप्ताहिकका प्रधान सम्पादक तुलसीप्रसाद निरौला रहेका थिए । पुरस्कार वितरण कार्यक्रममा बिर्तामोड प्याब्सनका सचिव दीपांकर मैनाली अतिथिका रूपमा सहभागी भएका थिए ।
चित्रकलामा पनि विद्यार्थीको उत्कृष्ट प्रस्तुति
चित्रकला प्रतियोगिताको जुनियर समूहमा सुप्रम धिमाल प्रथम, सुसाना सेन्चुरी द्वितीय तथा एजलिना तामाङ, आरब तामाङ र श्रीराज कडरिया तृतीय भएका छन् । सब–जुनियर समूहमा आर्यन राई प्रथम, साइना याम्फु राई द्वितीय तथा लक्ष्मी कार्की, अभय लिम्बू र तेरिना लिम्बू तृतीय भएका हुन् ।
अर्को समूहमा प्रनव शंकर प्रथम, श्रुतिका पोखरेल द्वितीय तथा विवेक बस्नेत, प्रिन्स राई र क्याल्बिन मगर तृतीय भए। सिनियर समूहमा सुभम गुरुङ प्रथम, प्रमिश सुवेदी द्वितीय तथा पल लिम्बू, सिमोस तामाङ र हुयल्साङ तामाङ तृतीय भएका छन् ।

उत्कृष्टलाई नगद, ट्रफी र प्रमाणपत्र

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यालय बाल क्लबकी अध्यक्ष अब्नी विश्वकर्माको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा पुष्पाञ्जली सिन्हा र तुलसी निरौला अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा एड्रिना आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन पल लिम्बू, पल्पसा श्रेष्ठ, हिमानी तिवारी, प्रयुष आले, सृष्टि तामाङ र समता खरेलले संयुक्त रूपमा गरेका थिए। विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक दिनेशराज शर्माका अनुसार कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द बहारु कार्कीले यस्ता कार्यक्रमले विद्यार्थीमा लुकेका प्रतिभालाई उजागर गर्नुका साथै समग्र व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here