भद्रपुर , झापामा वैदेशिक रोजगार विशेषांक म्यागेजिन बिमोचन गरिएको छ ।
वैदेशिक रोजगारका क्षेत्रका समस्या, चुनौती र त्यसका समाधानका बिषयहरुलाई समेटेर तयार गरिएको ‘सुखानी वैदेशिक रोजगार विशेषांक पुस्तक आइतवार भद्रपुरमा विमोचन गरिएको हो ।
प्रेस क्लव भद्रपुरको आयोजनामा पत्रकार राजु पाठकको सम्पादकत्वमा तयार गरिएको ‘सुखानी वैदेशिक रोजगार विशेषांक म्यागेजिन पुस्तक विमोचन गरिएको छ ।

प्रेस क्लव भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष तीर्थ कोइरालाको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि कोइराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकलगायतले संयुक्त रुपमा पुस्तकको बिमोचन गरेका थिए ।
महासंघ झापा अध्यक्ष एकराज गिरीले पुस्तकको चर्चा गरेको कार्यक्रममा स्वागत प्रेस क्लव भद्रपुरका महासचिव भेसराज नेपालले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कोइराला, महासंघ कोशी प्रदेश उपाध्यक्ष भण्डारी, महासंघ पूर्व अध्यक्ष तारामणि सापकोटा, वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रेस क्लव भद्रपुरका उपाध्यक्ष रोहित काफ्लेले गरेका थिए ।






























