जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

0
3

काठमाडौँ,

जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताउनुभयो ।

कात्तिक र मङ्सिर १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको उहाँले जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि घाइते सम्पर्कमा आएनन् भनेर जानकारी दियो । त्यसैले वर्गीकरणको सङ्ख्या धेरै भएन”, प्रवक्ता बुढाथोकीले भन्नुभयो ।

उहाँले सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण सङ्कलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने जानकारी दिनुभयो । जेनजी प्रर्दशनका क्रममा धेरै जना घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीको बुझाइ छ ।

उहाँका अनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते रहेको मन्त्रालयको तथ्याङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here