खाल्डोमा डुबेर बालकको मृत्यु

0
3

झापा,खाल्डोमा जमेको पानीमा डुवेर झापामा एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रवहादुर खड्काका अनुसार कचनकवल वडा न.२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका १४ महिने छोरा प्रियांस राजवंशी रहेका छन् ।
सोमवार साँझ उनी वडा नं.३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । अस्पताल ल्याए लगत्तै चिकित्सकले सोमवार राति उनको नै मृत्यु भएको पुष्टि गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here