आइएमई लाइफ इन्सुरेन्सले प्रहरीलाई दियो वाटर डिस्पेन्सर

0
8

बिर्तामोड ।

आइएमई लाइफ इन्सुरेन्स कम्पनीले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत इलाका कार्यलय अनारमनी र जिल्ला ट्राफिक कार्यलय बिर्तामोडमा वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो। एक औपचारिक कार्यक्रमका बीच उक्त उपकरण प्रदान गरिएको आइएमई लाइफ इन्सुरेन्सका बिर्तामोड ब्रञ्चका प्रमुख महेन्द्र तिम्सिनाले जानकारी दिए ।

सार्वजनिक सेवा प्रवाहलाई थप सहज, व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको कोशी प्रदेश प्रमुख मिलन दाहालले बताए । कार्यक्रममा नरेन्द्र श्रेष्ठसहितका एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जेनजी आन्दोलनपछि ध्वस्त भएको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुर्न निर्माण अभियानमा सक्रिय भएर लागेका विपिन बजगाईं, रमेश चौधरी लगायतको समेत उपस्थिती रहेको थियो ।

निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक निकायहरूसँग सहकार्य गर्नु सकारात्मक तथा उदाहरणीय पहल भएको उल्लेख गर्दै यस्ता सहयोगले सेवाग्राहीहरूलाई प्रत्यक्ष सुविधा पुग्नुका साथै सार्वजनिक संस्थाहरूको कार्य वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

आइएमई लाइफ इन्सुरेन्सले सामाजिक तथा सामुदायिक क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाउँदै आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here