झापा ।

हुलहुज्जत गरी एक समूहले प्रहरी चौकी बिर्ताबजार तोडफोड गरेको छ ।
बिर्तामोड–३ को काजी पार्टी प्यालेसमा काम गर्ने बाह्रदशी–४ का सुजन राईलाई सोही पाटी प्यालेसका सञ्चालक बिर्तामोड–३ बस्ने वर्ष २९ का आकाश खड्का, सोही पाटी प्यालेसमा काम गर्दै आएको वर्ष ४० को कोमल शिवाकोटी, अर्जुनधारा ९ बस्ने वर्ष २७ का विपिन बुढाथोकीले सामान्य विवादमा कुटपिट गरेका थिए ।
प्रहरीले कुटपिट गर्ने तीन जनालाई नियन्त्रणमा लिएर प्रहरी चौकी बिर्ताबजारमा ल्याएर राखेकोमा सुजन राई पक्षका करिब ३५–४० जनाको सङ्ख्यामा उत्तेजित भीड चौकीमा आएर तोडफोड गरेका हुन् ।
उनीहरूले तोडफोड गर्दा प्रहरी चौकी बिर्ता बजारको कार्यालयको अगाडिको झ्यालको सिसा फुटेको छ भने कार्यालयको कम्पाउन्डभित्र रहेको कम्प्युटर टेबल समेत तोडफोड गरेर क्षति पुर्याएका छन् ।
कुटपिटमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । घाइते राईको बीएण्डसी अपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी तोडफोडमा संलग्न अरू फरार रहेकाले खोजतलास भइरहेको जनाइएको छ ।































