रास्वपा उम्मेदवार वालेन्द्र शाहद्वारा वाचा पत्र सार्वजनिक, झापा–५ को विकासमा यस्ता बाचा

0
6

झापा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वालेन्द्र शाह(बालेन)ले आफ्नो चुनावी बाचा पत्र सार्वजनिक गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ का समस्या र एजेण्डा समेटेर बाचा पत्र सार्वजनिक गरेका हुन् । उनले बेथिती र भ्रष्टाचार विरुद्ध संसदमा सशक्तरूपमा उभिने मुख्य संकल्पका साथ शाहले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेका छन्।

बाचा पत्रमा राजनीतिलाई पेसा नबनाउने दावी गरेका छन । बाचा पत्रमा भनिएको छ राजनितीलाई सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने प्रयत्न गर्ने छु ।

उनले विद्यालय छोड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा ुस्मार्ट क्लासु तथा प्रयोगशाला स्थापना गर्ने बताएका छन । यस्तै यस्तै, स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि निःशुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० बेडमा स्तरोन्नति गर्ने र घर–घर स्वास्थ्य सेवा कार्यक्रम मार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिवद्वता जनाएका छन् ।

बाचा पत्रमा झापा–५ को मुख्य आधार कृषिलाई आधुनिकिकरण गर्ने बताएका छन् ।बाचा पत्रमा भनिएको छ कन्काई–रतुवा सिँचाइ योजना विस्तार र एक पालिका, एक शीत भण्डारको अवधारणा ल्याइएको छ।

त्यस्तै, पूर्वाधारतर्फ दमक–रवि–चिसापानी सडकको पूर्णता, हुलाकी सडक र पुलहरूको समयमै निर्माण, दमकलाई स्मार्ट सिटीका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने जनाइएको छ । उनले भूमिहीन र सुकुम्वासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने बताएका छन् ।

शाहले जनअपेक्षा अनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोला भन्दै मतदातासँग अपिल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here