पूर्णखोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी विविध विषयमा छलफल

0
1

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी विविध विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार नगरपालिकाको सभाहलमा आयोजित छलफलपछि दुई महत्वपूर्ण निर्णयहरू गरिएको हो । फागुन महिनाको नियमित खोप कार्यक्रम फागुन २० गतेदेखि २३ गतेसम्म सबै वडामा सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि २१ गते प्रतिनिधिसभा निर्वाचन परेकाले उक्त दिनको खोप कार्यक्रम २२ र २३ गते सञ्चालन गरिने निर्णय भएको छ ।

यसैगरी, पूर्णखोप वडा तथा पालिका सुनिश्चितता र दिगोपनासम्बन्धी छलफलका क्रममा नगरका १० वटै वडाका सबै खोप केन्द्रबाट प्रदान गरिएका खोप मध्ये ५ वर्षमुनिका बालबालिकामा ड्रपआउट (खोप छुट) भएका बालबालिका फेला परेमा चालु फागुन महिनाकै नियमित खोप कार्यक्रम मार्फत् उनीहरूलाई पूर्ण खोप प्रदान गरी वडा तथा पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगो घोषणा गर्ने निर्णय भएको छ।

कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य तथा जनस्वास्थ्य अधिकृत एकराज खत्रीले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।

यस्तैगरी, कार्यक्रममा वडाध्यक्षहरू जीवन खतिवडा, उद्धवराज बस्नेत, भीम राई, नविन कार्की तथा कार्यपालिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।कार्यक्रममा नगरका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here