निर्वाचनको वातावरण बनेको छ : उपसभापति शर्मा

0
3

झापा, नेपाली काँग्रेसका उप– सभापति एव् निर्वाचन परिचालन मुल समितिका संयोजक विश्व प्रकाश शर्गमाले फागुन २१ गते निर्वाचन हुने वा नहुने भन्ने विषयमा झापा–५ को दमकमा राष्ट्रिय बहस गर्न प्रस्ताव गरेका छन् । उनले झापा–५ मा प्रस्ताव गरिएका भावी प्रधानमन्त्रीका दुई उम्मेदवार रहेकाले राष्ट्रिय बहसका लागि कांग्रेस सभापति गगन थापालाई पनि छलफलका लागि दमकै पठाउन आफूहरू तयार रहेको बताए ।
नेपाल प्रेस युनियन झापाले सोमबार बिहान धुलाबारीमा आयाजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले चुनाव अब कुनै बहानामा नरोकिने दाबी गरे । उनले चुनावप्रति प्रमुख दलकै नेतृत्वबाट आशंका गर्नु वा पूर्वराजाले चुनावअघि राष्ट्रिय सहमति गरौँ भन्नु फगत कुरा भएको टिप्पणी गरे ।
शर्माले भने, ’कसैलाई अझै पनि चुनाव हुँदैन कि, चुनाव अघि सहमति गरौँ भन्ने लाग्छ भने दमकमा राष्ट्रिय छलफलको कार्यक्रम राखौँ । दुईवटा प्रमुख पार्टीले प्रस्ताव गरेका भावी प्रधानमन्त्रीका उम्मेदवारहरू दमकमै छन् । हाम्रो सभापति गगनलाई कहिले दमक ल्याउनुपर्ने हो भन्नुहोस् त्यसको जिम्मेवारी मेरो भयो ।’
कांग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजकसमेत रहेका शर्माले देश पूरै चुनावमा होमिएकाले चुनावलाई असर पर्ने कुनै गतिविधि कसैले गर्न नहुने धारणा राखे । शर्माले निर्धारित मिति फागुन २१ मै चुनाव हुनेमा आफूहरू ढुक्क रहेको दाबी गरे ।
चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । ’देशलाई परिवर्तन चाहिएको छ । जनताले परिवर्तन खोजिरहेका छन्’ शर्माले भने, ’बदलिएको कांग्रेसले जनताको भावना बुझ्न सक्छ । परिवर्तनको एजेन्डा बदलिएको कांग्रेसको एजेन्डा हो ।’ उनले अहिलेको देशको अवस्थालाई बदलिएको कांग्रेसले मात्र सम्हाल्न सक्ने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here