झापा बिर्तामोड नपा–१स्थित मित्रनगर टोल निवासी स्मृति ओली यतिबेला चर्चाको शिखरमा छिन् । सर्जक मञ्च झापा र रेडियो भिजनको आयोजनामा गत शुक्रवार मध्यरातमा भएको मिस टीन झापाको ताज पहिरिएसँगै उनी चर्चित बनेकी हुन् । बुबा टहलदास ओली र आमा मिरा ओलीको कोखबाट २०५९ असोज १७ गते जन्मिएकी स्मृति निकेश ओलीकी दिदी हुन् । बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा कक्षा ९मा अध्ययनरत् उनी पढाईमा समेत उत्तिकै अब्बल छिन् । प्रस्तुत छ मिस टीन स्मृति ओलीसँग गरिएको कुराकानी ः
मिस टीन झापाको उपाधि चुम्दा तिमीलाई कस्तो अनुभव भयो ?
– मिस टीन झापाको उपाधि चुम्दा म अत्यधिक खुशी भएँ । पहिलेदेखि क्राउन लाउने सपना देखेकी थिएँ त्यो सपना पूरा भएकोमा खुशी छु ।
यो भन्दा अगाडि पनि यस्ता खाले कार्यक्रममा भाग लिएकी थियौं ?
– यस प्रतियोगिताभन्दा अगाडि मैले इ–प्लानेटद्वारा २०६८ सालमा आयोजित लिटल मिस पूर्वाञ्चलमा भाग लिएको थिएँ । जसमा म टप ५मा पुगेकी थिएँ । त्यसपछि मैले बिर्ता मिडिया डटकमद्वारा २०६९ सालमा आयोजित लिटल किङ्ग एण्ड क्वीन प्रतियोगितामा भाग लिएकी थिएँ । त्यो प्रतियोगितामा पनि टप ८मा चित्त बुझाउनु प¥यो ।
ती दुबै प्रतियोगितामा असफल हुँदा र अहिलेको प्रतियोगिता जित्दा कस्तो अनुभव भयो तिमीलाई ?
– जब म एकपछि अर्को प्रतियोगितामा असफल हुँदै गएँ । तर पनि मैले हरेस खाइन । म अझ परिश्रम गर्दै, नयाँ कुराहरु सिक्दै गएँ । मलाई असफलता नै सफलताको कडी हो भन्ने लाग्यो । त्यो सोचेर अघि बढ्दा यस पटक सफलता पाएरै छाडे । मलाई परिश्रमको फल मीठो रहेछ भन्ने लाग्यो ।
यस प्रतियोगितामा असफल हुने प्रतियोगीलाई के भन्न चाहन्छौ ?
– यस प्रतियोगितामा असफल हुने साथीहरुलाई म जीवनमा कहिल्यै पनि हरेस खानु हुँदैन, परिश्रम गर्दै जानुपर्छ परिश्रम ग¥यो भने एक दिन अवश्य पनि सफल भइन्छ भन्न चाहन्छु ।
यस सफलताको श्रेय तिमी कसलाई दिन चाहन्छौं ?
– यस सफलताको श्रेय म मेरो मामु मिरा ओली, बाबा टहलदास ओली, भाइ निकेश, साथीभाइ विद्यालयका शिक्षकहरुलाई दिन चाहन्छु ।
तिमी अहिले पढ्दैछौं, पढाई र मोडलिङ, कलाकारितालाईसँगै लाँदा पढाईमा असर पर्दैन ?
– पढाई मेरो पहिलो प्राथमिकतामा पर्छ । म पढाईसँग फुर्सदको समयमा मोडलिङ र कलाकारितालाई अघि बढाउँछु ।
तिम्रो रुचीको विषय के–के हुन् ?
– मेरो रुचीको विषय पढाई, मोडलिङ र कलाकारिता क्षेत्र हो ।
तिमी कलाकार पनि हौं ? यस क्षेत्रमा कहिलेदेखि प्रवेश ग¥यौं ?
– म पहिलेदेखि नै यस क्षेत्रमा आवद्ध थिएँ । २०६८ सालमा टीभी फिल्मीले आयोजना गरेको रियालिटी शो ‘को बन्छ कलाकार ? मा २५ सय प्रतिस्पर्धीलाई उछिन्दै बाल कलाकारमा छनौट भएकी थिएँ । त्यसपछि औपचारिक रुपमा कलाकारितालाई अघि बढाउँदैछु ।
तिमीले कुन–कुन चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी छौ ?
– यस क्षेत्रमा आवद्ध भएपछि मैले केशव भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘सो सिम्पल’मा बाल कलाकारको भूमिका निर्वाह गरेकी छु । त्यस्तै नोर्देन डेन्जोम्पाको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ‘त्यो दिन’ मा नायिकाको भूमिकामा अभिनय गरेकी छु । हालै मैले ‘भन्नै पनि लाज लाग्ने’ भन्ने म्युजिक भिडियोमा समेत अभिनय गरेको छु ।
यस क्षेत्रमा लाग्न कुनै प्रशिक्षण केन्द्रबाट प्रशिक्षण लिएकी थियौं ?
– मलाई धेरै जसो मामुले सिकाउनुहुन्छ, त्यो नै काफी छ । तर पनि मैले सरगम संगीतालय बिर्तामोड, ए टु जेड डान्स सेन्टर लगायतमा नृत्य प्रशिक्षण र कलाकार दोषी नवीन सुब्बाबाट अभिनयको प्रशिक्षण लिएकी थिएँ ।
तिम्रो जीवनको लक्ष्य चाहिँ के हो ?
– मेरो जीवनको लक्ष्य भनेको मिस नेपालदेखि मिस बल्र्डसम्मका प्रतियोगितामा भाग लिएर उपाधि प्राप्त गर्नु हो । म ती प्रतियोगितामा विजयी भएर म जन्मेको ठाउँ झापा र नेपाललाई विश्वमा चिनाउन चाहन्छु ।
अन्त्यमा के भन्न चाहन्छौं ?
– सबैमा लुकेको प्रतिभा हुन्छ । आफूभित्रको प्रतिभा प्रस्फुटन गर्ने प्लेटफर्म दिनुपर्छ । छोराछोरीको चाहना अभिभावकले बुझ्नुपर्छ । छोराछोरीहरुलाई उनीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न अभिभावकले सहयोग गर्नुपर्छ भन्न चाहन्छु ।
प्रस्तुतिः तुलसीप्रसाद निरौला