अध्यक्ष चम्लागाँईलाई सामाजिक न्याय क्षेत्रमा अन्तर्राष्ट्रिय विशिष्ट पदक

0
4

काठमाडौं । 

अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईंलाई अन्तर्राष्ट्रिय मानव अधिकार संगठनद्वारा प्रदान गरिने “सामाजिक न्याय क्षेत्रमा अन्तर्राष्ट्रिय विशिष्ट पदक” बाट सम्मानित गरिएको छ ।

सामाजिक न्याय, समानता तथा मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा उहाँले पु¥याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो। उक्त अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले प्रत्येक वर्ष सामाजिक न्याय, मानव मर्यादा तथा अधिकारको संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तित्वहरूलाई यो विशिष्ट पदक प्रदान गर्दै आएको छ।

यस वर्ष अध्यक्ष चम्लागाईंलाई विश्वव्यापी सामाजिक उत्तरदायित्व, समावेशी नेतृत्व तथा समुदाय सशक्तीकरणमा निर्वाह गर्नुभएको सक्रिय भूमिकाका लागि छनोट गरिएको जनाइएको छ ।

सम्मान ग्रहणपछि अध्यक्ष चम्लागाईंले सम्बन्धित संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण झापाली समुदायको सामूहिक प्रयास र समर्पणको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा आफ्नो प्रतिबद्धता अझ सुदृढ बनाउँदै अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

यसैबीच, अन्तर्राष्ट्रिय झापाली समाजले पनि अध्यक्ष चम्लागाईंलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरेको छ। समाज समाजको तर्फबाट महासचिव चिरन खवासले विज्ञप्ति जारी गरी यस सम्मानले विश्वभर रहेका झापाली समुदायको गौरव अभिवृद्धि गरेको उल्लेख गर्दै आगामी दिनमा पनि समाजसेवा, मानव अधिकार संरक्षण तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा अझ सक्रिय भूमिका निर्वाह गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here