जुनियर जेसीजको राष्ट्रिय सल्लाहकारमा अस्मित गोसाई

0
6

झापा । वीरता जुनियर जेसीजका निवर्तमान अध्यक्ष अस्मित गोसाई अस्मित गोसाई नेशनल जुनियर जेसीज लिडर्स एकेडेमीको राष्ट्रिय सल्लाहकारमा मनोनित भएका छन्।

नेपाल जेसीज को सचिवालयबाट जारी पत्रअनुसार उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। “एकताको संकल्प, रूपान्तरणको यात्रा” अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित गोसाईलाई लिडर्स एकेडेमीको राष्ट्रिय सल्लाहकारको महत्वपूर्ण जिम्मेवारी दिइएको जनाइएको छ।

युवा नेतृत्व विकास, व्यक्तित्व विकास तथा उद्यमशीलता प्रवर्द्धनमार्फत जिम्मेवार नागरिक निर्माण गर्ने लक्ष्यसहित नेपाल जेसीजले सञ्चालन गर्दै आएको लिडर्स एकेडेमीलाई अझ सुदृढ, परिणाममुखी र उपलब्धिमूलक बनाउने रणनीतिमा सल्लाहकारको भूमिका महत्वपूर्ण मानिएको छ।

जारी पत्रअनुसार गोसाईले तालिम पाठ्यक्रम परिमार्जन, प्रशिक्षक समन्वय, नेतृत्व उत्पादनको दीर्घकालीन ढाँचा निर्माण तथा राष्ट्रिय तहका नेतृत्व विकास कार्यक्रमहरूको गुणस्तर अभिवृद्धिका लागि परामर्श प्रदान गर्नेछन्।

नेपाल जेसीजले गोसाईको निरन्तर सक्रियता, संगठनप्रतिको प्रतिबद्धता, नेतृत्वदायी भूमिका तथा कार्यक्षमताको मूल्याङ्कन गर्दै सन् २०२६ लाई उत्कृष्ट र उदाहरणीय वर्षका रूपमा स्थापित गर्न उहाँको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here