लायन्स क्लब अफ बिर्तामोड लेडीको छैटौँ पदस्थापन सम्पन्न

0
4

झापा,  लायन्स क्लब अफ बिर्तामोड लेडीको छैटौँ पदस्थापन (इन्डक्सन एण्ड इन्स्टलेसन) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममार्फत सन् २०२५ कार्यसमितिले सन् २०२६ का लागि निर्वाचित अध्यक्ष आरती श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेको हो।  

सन् २०२५ की अध्यक्ष इन्दिरा खरेलले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई लायन्स चेन हस्तान्तरण गर्दै जिम्मेवारी सुम्पिइन्। कार्यक्रममा प्रमुख अतिथि तथा इन्स्टलिङ अफिसर लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘सि’का डिस्ट्रिक्ट गभर्नर बबरजंग थापाले गन ग्याभल हस्तान्तरण गर्दै नयाँ कार्यसमितिको पदस्थापन भएको घोषणा गरे।

कार्यक्रममा जुनियर सङ्गठन लियो क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष रक्षा खरेललाई समेत पदस्थापन गराइएको थियो। उक्त क्लबको सन् २०२५ को नेतृत्व दिक्षा कडरियाले गरेकी थिइन्।

समारोहका अवसरमा क्लबलाई निरन्तर सहयोग तथा अभिभावकत्व प्रदान गरेको भन्दै लायन्स क्लब अफ बिर्तामोड सिटीका चार्टर्ड प्रेसिडेन्ट निरज ओली तथा पूर्व अध्यक्ष सत्यनारायण शर्मालाई सम्मान गरिएको थियो। कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री, क्याबिनेट सेक्रेटरी नेत्र चम्लागाईं, चिफ एडभाइजर उदयनारायण बराल, डिस्ट्रिक्ट चिफ मनोज बानियाँ, पिआरओ सत्यनारायण शर्मा, डिस्ट्रिक्ट चिफ मनोज बस्नेत तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिको अध्यक्षमा आरती श्रेष्ठ चयन भएकी छन्। फस्ट भाइस प्रेसिडेन्टमा दुर्गा देवी पौडेल, सेकेन्ड भाइस प्रेसिडेन्टमा सिस शाह, थर्ड भाइस प्रेसिडेन्टमा संगीता चिमरिया, सेक्रेटरीमा सीता ढकाल खरेल, ट्रेजररमा दुर्गा देवी खरेल तथा जोइन्ट सेक्रेटरीमा मुना पौडेल रहेका छन्।

बोर्ड अफ डाइरेक्टरमा सुनिता उप्रेती, अम्बिका मैनाली र कल्पना बानियाँ चयन भएका छन् भने सदस्यहरूमा उमा शाह, मिल्टु राजभण्डारी, इन्दिरा भण्डारी बिमली, तारा उप्रेती तथा शान्ति शर्मा रहेका छन्।

कार्यक्रममा पूर्व अध्यक्षहरू दुर्गा पाठक थपलिया, नम्रता रिजाल ढकाल तथा निरु उप्रेतीको विशेष उपस्थिति रहेको थियो।

समारोहमा विभिन्न क्षेत्रका सामाजिक अगुवा, व्यवसायी तथा लायन्स सदस्यहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here