झापा ।

मध्यपूर्वमा तनाव उत्पन्न भएसंगै त्रिभुवन विमानस्थलमा उडान रद्ध भएर अलपत्र परेका यात्रुलाई लोकतान्त्रि साना होटल ब्यवसायीसंघले खाना र बस्नको ब्यवस्था गरेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको समन्वयमा लोकतान्त्रिक होटल व्यवसायी संघले समस्यामा परेका यात्रुहरूलाई खाना र बसोबासको व्यवस्था मिलाएको हो ।
विमानस्थलमा अलपत्र आफुहरुले सहयोग गरेको नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका केन्द्रिय अध्यक्ष लीलाप्रसाद ढकालले जानकारी दिए । कुनै पनि नेपाली अपठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यले पार्टी सभापति थापाले आग्रह गरे लगत्तै अलपत्र यात्रुलाई सहयोग गरेको अध्यक्ष ढकालले जानकारी दिए ।
अमेरिका–इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ । त्यस लगत्तै इरानले समेत आक्रमण शुरु गरेको थियो । त्यस लगत्तै हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका थिए ।
सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।






























