सामाजिक सञ्जालमार्फत झुट्टा अफवाह फैलाउने युवक पक्राउ

0
4

झापा ।  आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफवाह फैलाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
“Ramchandra Thakur” नामक फेसबुक आईडी प्रयोग गरी निर्वाचनलाई प्रभावित पार्ने आशयले भ्रामक सामग्री प्रसारण गरेको आरोपमा इनरुवा नगरपालिका वडा नं. ३ महेन्द्रचौक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरो, काठमाडौंको प्राविधिक सहयोगमा उनलाई अफवाह फैलाउन प्रयोग गरिएको मोबाइल डिभाइससहित इनरुवा महेन्द्रचौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवेले वताए ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरी मा राखी थप अनुसन्धान भइरहेको छ।
प्रहरी उपरीक्षक थेवेले सामाजिक सञ्जालको दुरुपयोग गरी निर्वाचनजस्ता संवेदनशील विषयमा भ्रामक सूचना नफैलाउन सर्वसाधारणलाई सचेत रहन आग्रह समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here