विराटनगर,

पत्रकार दीपेन्द्रराज तिम्सिनाको मंगलबार ४५ वर्षको उमेरमा निधन भएको छ।
एक साताअघि उच्च रक्तचापका कारण अस्वस्थ भएपछि उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौं मेडिकल कलेज रेफर गरएका उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ निवासी तिम्सिना पत्रकारितासँगै पछिल्लो समय विभिन्न विषयमा खोजमूलक पुस्तक लेखन तथा प्रकाशनमा सक्रिय थिए। उनले ‘टेलिफोन डायरी’,’नेपाल जेसिज’, ‘भुटानी शरणार्थी’, ‘तिम्सिना बन्धु’, ‘पथरी शनिश्चरे नगरपालिका’, ‘इतिहासमा गुमनाम बिसे नगर्ची’ लगायत अनुसन्धानात्मक कृति प्रकाशन गरेका छन्।
उनका श्रीमती, एक छोरा र एक छोरी छन्।































