कमल ।

फागुन २१ सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रको तयारी पुरा हुनुका साथै सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रहरूमा आवश्यक भौतिक संरचना, सुरक्षा व्यवस्था तथा कर्मचारी खटाउने काम सम्पन्न भइसकेको छ ।
निर्वाचन आयोग नेपाल को निर्देशन अनुसार सम्बन्धित स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्दै सबै मतदान केन्द्रमा मतपेटिका, मतपत्र, मतदान अधिकृत तथा कर्मचारी खटाइसकिएको जनाएको छ ।
दुर्गम क्षेत्रका केन्द्रहरूमा सामग्री ढुवानीका लागि विशेष व्यवस्था समेत मिलाइएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले बताउनुभयो ।

यसैबीच, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सर्वपक्षीय बैठक सम्पन्न गरिएको छ । बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतको सहभागिता रहेको थियो ।
सहभागी दलहरूले आ–आफ्ना धारणा राख्दै आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउनु भएको झापा क्षेत्र नम्बर ५ अन्तरगत शहिद धर्मभक्त माध्यमिक विध्यालयमा रहेको मतदान स्थल (क) केन्द्रका मतदान अधिकृत यज्ञराज निरौलाले बताउनुभयो ।
यसैबीच मतदान स्थल नजिकै केर्खा बजारमा रहेका दलका झण्डा समेत शसस्त्र प्रहरीले हटाएको छ ।




























