सुरुङ्गा , झापा क्षेत्र नम्वर ५ मा केपी शर्मा ओलीलाई भारि मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बालेनद्र शाहले अग्रता कायम राख्नु भएको छ ।
रास्वपा उम्मेद्वार शाहले ३४ हजार ८ सय ६३ मत प्राप्त गर्दा नेकपा एमाले अध्यक्ष समेत रहनु भएका ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गर्नुभयो । अर्थात नेकपा एमाले अध्यक्ष ओली भन्दा रास्वपाका वरिष्ठ नेता शाह २५ हजार ७ सय ९५ मतले अगाडि हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा ५२ हजार २ सय ७ मात गणना भएको छ ।
झापा ५ मा कुल मतदाता मध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार यो निर्वाचन क्षेत्रमा एक लाख ६ हजार ५ सय ६८ मत खसेको छ । आधा मत गणना हुँदा ओली २५ हजार मतले पछाडि पर्नु भएको हो । –––





























