सुरुङ्गा ,राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले झापाका ५ वटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तर बनाउँदै लागेका हुन् ।
झापा १ मा निशा डाँगी आफ्ना प्रतिष्पर्धीभन्दा चार गुणा बढी मतले अगाडि हुनुहुन्छ । रास्वपा उम्मेद्वार डाँगीले २० हजार एक सय ५ मतका साथ अग्रस्थानमा रहँदा उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेस ५ हजार ५ सय ५ मत , नेकपा एमाले ४ हजार २ सय ७४ मत प्राप्त गर्नु भएको छ । यो निर्वाचन क्षेत्रमा हालसम्म ३९ हजार ३ सय ३ मत गणना भएको छ ।
यता झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेद्वार इन्दिरा राना मगरले आफ्ना प्रतिष्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्नु भएको छ ।
३२ हजार ८ सय ८० मत गणना गर्दा उहाँले २४ हजार १ सय ३३ मत प्राप्त गर्नुभयो ।
नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरेले ४ हजार ४ सय १३ र नेपाली कांग्रेसका उम्मेद्वार २ हजार ४८ मत प्राप्त गर्नुभयो ।
झापा क्षेत्र नम्वर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोब्बर भन्दा बढी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार प्रकाश पाठक अग्रस्थानमा देखिनु भएको छ । पाठकले २२ हजार ७ सय ४७ मत प्राप्त गर्दा लिङ्देनले १० हजार २ सय ५२ मत मात्र प्राप्त गर्नु भएको छ ।
यता झापा क्षेत्र नम्वर ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शम्भूप्रसाद ढकाल अग्रस्थानमा हुनुहुन्छ । उहाँले १५ हजार ६ सय ६९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवा लिम्बूले ४ हजार ४ सय ७० मत मात्र प्राप्त गर्नु भएको छ ।
यता झापा क्षेत्र नम्वर ५ मा केपी शर्मा ओलीलाई भारि मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बालेनद्र शाहले अग्रता कायम राख्नु भएको छ ।
शाहले ३४ हजार ८ सय ६३ मत प्राप्त गर्दा नेकपा एमाले अध्यक्ष समेत रहनु भएका ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गर्नुभयो । यो निर्वाचन क्षेत्रमा ५२ हजार २ सय ७ मात गणना भएको छ ।





























