इलामबाट भित्राइएको भारतीय मदिरा झापामा बरामद

0
4

झापा ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेटाडा स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले गाडी सहित ठुलो परिमाणमा मदिरा नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका अनुसार मिति २०८२ फागुन २३ गते बिहान ०९:३० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट सशस्त्र प्रहरी नायब निरीक्षक केदार श्रेष्ठको कमान्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो ।

इलामबाट झापा तर्फ आउँदै गरेको बा १५ च १९९८ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा ३६ कार्टुन विभिन्न ब्रान्डका मदिरा फेला परेको प्रहरीले जनाएको छ । बरामद मदिराको मूल्य हाल खुल्न बाँकी रहेको भए पनि प्रारम्भिक विवरण अनुसार कुल मूल्य १ लाख ७८ हजार ९५५ रुपैयाँ बराबर रहेको बताइएको छ ।

उक्त गाडीका चालक भोजपुर जिल्ला टेम्केमैयुङ गाउँपालिका–२ बस्ने ५२ वर्षीय गणेश राई तथा सह–चालक पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका–२ बस्ने ४० वर्षीय शंकर प्रसाद प्रसाईँलाई नियन्त्रणमा लिई सुरक्षा बेसमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here