झापा–२ मा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

0
2

भद्रपुर (झापा),

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उहाँले ६० हजार ११० मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभयो ।

यहाँ श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले सात हजार २९१, नेपाली कांग्रेसकी सरिता प्रसाईँले पाँच हजार ६१६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले तीन हजार ९६६ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा कुल एक लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो । यस क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here