विमल दहाल, फिक्कल ।

इलाम क्षेत्र नं. १ मा तीन दलका विच तिब्र प्रतिस्पर्धा भई रहेको छ । नेपाली कांग्रेसका निश्कल राईले अहिले अग्रत लिएका छन्।
निश्कल राई (रुख)ले ११,१६५ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङ लिम्बू(अञ्जुलीमा माटो) ले १०८२५ मत प्राप्त गरेका छन। नेकपा एमालेका काजीमान कागते (सुर्य)ले १०२३८ मत प्राप्त गरेका छन ।
श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङ भन्दा ३४०मत र एमालेका काजीमान कागते भन्दा ९२७ मत अगाडी निश्कल राई रहेका छन्। यस अघि काजीमानले केही समय अग्रता लिएका थिए।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल (घण्टी)ले ७१५९, नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राई (तारा)ले ५५६३ मतका साथ पछ्याई रहेका छन्।
हालसम्म गणना भएका केन्द्रहरु इलाम १०, सन्दकपुरको सबै वडा र माईजोगमाई, माई र रोङ गाँउ पालिका र सुर्योदय नगरपालिका वडा नं -१, २,३, ४,५ ६ र ७ को गणना सम्पन्न भएको छ । बाँकी सुर्योदय नगरपालिका वडा नम्बर ८,९,१०,११,१३,१३ र १४ वडा रहेको छ।


























