झापा, झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ।
मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गर्दै आफूलाई बाहिर निस्कन भन्दै हातपात गरेका थिए।
प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




























