झापा । इलाम क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका उम्मेद्वार निश्कल राई निर्वाचित भएका छन् ।
१४ हजार ५ सय ४३ मत प्राप्त गर्दै राई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् ।
यता नेकपा एमालेका उम्मेद्वार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार विमल गदालले भने ९ हजार १ सय ६० मत प्राप्त गरेका छन् ।






























